Close

परराष्ट्रमन्त्री राणाको दाबी विपिन जोशी सकुशल स्वदेश फर्किन्छन्

परराष्ट्रमन्त्री राणाको दाबी विपिन जोशी सकुशल स्वदेश फर्किन्छन्
  • २९ पुष २०८१, सोमबार १५:५६

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले प्यालेस्टाइनी लडाकु समूह हमासको नियन्त्रणमा रहेको भनिएका नेपाली युवा विपिन जोशी सकुशल स्वदेश फर्किने बताएकी छिन् । विगत एक वर्षदेखि जोशीको अवस्था अज्ञात छ ।

mulpatra

प्यालेस्टाइनी समूहले इजरायली भूमिमा आक्रमण गर्दा १० जना नेपाली मारिएका थिए भने जोशी त्यतिबेलादेखि नै सम्पर्कविहीन छन् । जोशीबारे प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सोमबार परराष्ट्रमन्त्री राणाले ब्रिफ्रिङ गरेकी हुन् । उनले समितिमा भनेकी छिन्, ‘विपिन भाइ सकुशल हुनुहुन्छ, उहाँ फर्केर आउनुहुन्छ भन्नेमा ढुक्क छु ।’ उनले जोशीको रिहाइका लागि पहल भइरहेको बताइन् ।

इजरायलले रिहाइका लागि हमासलाई सूची पठाएको विषय आएको उल्लेख गर्दै उनले भनिन्, ‘३४ जना रिहा हुन लागेको रिपोर्ट आएको थियो तर होइन भन्ने पनि आयो ।’

mulpatra mulpatra mulpatra

पछिल्लो समय हमास र इजरायलबीच युद्धविरामका लागि वार्ता भइरहेको छ । सो वार्तामा दुवैतर्फबाट बन्दीहरू रिहा गर्ने विषय आइरहेको छ । यही समयमा जोशीको रिहाइका लागि सरकारले पहल गरिरहेको छ । हालै नेपाल सरकारले वार्तामा मध्यस्थता गरिरहेका कतार इजिप्टसँग जोशीको रिहाइका लागि पहल गरिदिन औपचारिक अपिल गरेको थियो । परराष्ट्रमन्त्री राणाले इजरायली अधिकारीहरूसँगको हरेक भेटमा जोशीको विषय उठाउने गरेकी छिन्