Close

Recent Posts

नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनको केन्द्रीय सदस्यमा मेचीनगरका कृष्ण काफ्ले निर्वाचित

नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनको केन्द्रीय सदस्यमा मेचीनगरका कृष्ण काफ्ले निर्वाचित
  • ९ माघ २०८१, बुधबार २१:२५

काठमाडौं । नेकपा एमाले निकट नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनको केन्द्रीय सदस्यमा मेचीनगरका कृष्ण काफ्ले र विष्णु प्रसाद श्रेष्ठ निर्वाचित बनेका छन् ।

mulpatra


नवलपुरको गैडाकोटमा सम्पन्न तेश्रो महाधिवेशनबाट चयन भएका नेकपा एमाले निकट नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनको कार्यसमिति सदस्यहरुको आज सपथ ग्रहण सम्पन्न भएको छ ।


नेकपा एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित सपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका पार्टीका महासचिव शंकर पोखरेलले सपथ गराएका थिए ।

mulpatra mulpatra mulpatra


संगठनको केन्द्रीय अध्यक्षमा डेकनाथ गौतम चयन भएका छन् । ७५ सदस्यीय नयाँ कार्यसमिति चयन
भएकामा संगठनको बरिष्ठ उपाध्यक्षमा भरत तिमिल्सिना, उपाध्यक्षमा शंकर गिरी, नवराज सिंह, जगन्नाथ प्रसाद कलवार, सन्तप्रसाद तिमिल्सिना, भिम बहादुर बस्नेत, महासचिवमा बसन्त भण्डारी, उपमहासचिवमा देविन श्रेष्ठ, भरत नेपाल, इन्द्रबहादुर पुन चयन भएका छन् । त्यसैगरी संगठनको सचिवमा लब कुमार केसी, नारायण घिमिरे, ज्ञानबहादुर केसी, राजन कँडेल, मन्जु बस्नेत, लब केसी, बल बहादुर भण्डारी र कोषाध्यक्षमा ज्ञानेन्द्र हुमागाई चयन भएका छन् ।


त्यसैगरी अनुसासन आयोगको संयोजकमा केशब नेपाल, लेखा परीक्षण संयोजकमा यादवलाल श्रेष्ठ र निर्बाचन आयोज संयोजकमा योगकुमार यादव चयन भएका छन् ।


कार्यक्रम बारे धारणा राख्दै संगठनको निवर्तमान अध्यक्ष रहेका श्रीप्रसाद मैनालीले नेपालको यातायात क्षेत्रमा निजी क्षेत्रबाट लगानी भएको करिब १२ खर्ब रूपैयाँ धराशायी भइरहेको, करिब १५ लाख यातायात मजदुरहरू विस्थापित हुँदै गइरहेको र यात्रुहरूले समेत सुरक्षित तथा भरपर्दो यातायात सेवा नपाइरहेको यथार्थका विच राज्यले यातायात व्यवसायीको संरक्षण र सम्पत्तिको सुरक्षा गर्नुपर्ने धारणा राखेका थिए ।

Image Source: © https://mulpatra.com


कार्यक्रममामा नेकपा एमाले स्थायी कमिटि सदस्य तथा जनसंगठन प्रमुख भानुभक्त ढकाल केन्द्रीय सदस्य तथा नेपाल उद्योग तथा व्यवसायी महासंघका इन्चार्ज रचना खड्का, नेपाल उद्योग तथा व्यवसायी महासंघका महासचिव बालकृष्ण शिवाकोटी, महासंघको निर्वाचन आयोगका संयोजक टंक रावत, लगायतको उपस्थिती रहेको थियो ।