Close

Recent Posts

भारतीय बजेटः सहयोग रकममा मालदिभ्सलाई महत्व नेपाल यथावत

भारतीय बजेटः सहयोग रकममा मालदिभ्सलाई महत्व नेपाल यथावत
  • १९ माघ २०८१, शनिबार १८:०२

काठमाडौं । भारतको केन्द्र सरकारले शनिबार ३०.४२ ट्रिलियन भारतीय रूपैँयाको वार्षिक वजेट सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको बजेट अनुसार आर्थिक बर्ष २०२४/२०२५का लागि भारतको आर्थिक वृद्धितर ६.४ प्रतिशत रहने अनुमान गरिएको छ ।

mulpatra


बजेटमा व्यवस्था गरिएको विदेशी सहायत सम्बन्धी शिर्षकमा नेपाललाई दिने अनुदान यसपटक यथावत् राखेको छ। सो बजेटमा विदेश मन्त्रालय अन्तर्गत राखिएको बजेटमा नेपाललाई सात सय करोड भारु दिने उल्लेख छ। भारतले गत आर्थिक वर्षमा नेपालका लागि अनुदान वृद्धि गरेको थियो ।

विदेश मामिलाका लागि २ खर्ब ५ अर्ब १६ करोड भारु रकम विनियोजन भएको थियो । यही रकम मध्येबाट छिमेकी देशमा जाने सहयोग रकम समेत विनियोजन हुने गर्छ ।


विभिन्न देशलाई दिइएको अनुदान सहयोगमध्ये भुटानलाई सबभन्दा बढी दुई हजार १५० करोड (भारु) छुट्टाएको छ । भुटानको बजेट यस पटक घटाएको छ । अफगानिस्तानको अनुदान सहयोग बजेट पनि भारतले बढाएको छ । गत आर्थिक वर्षमा ५० करोड भारु थियो भने भने यस पटक सय करोड भारु छुट्टाएको छ । भारतले बङ्गलादेश र श्रीलङ्काको बजेट पनि यथावत् राखेको छ । बङ्गलादेशका लागि १२० र श्रीलङ्काका लागि ३०० करोड भारु बजेट छुट्टाइएको छ । म्यानमारको ४०० करोड भारु थियो भने अहिले ३५० करोड छुट्ट्याएको छ । मङ्गोलियालाई भने दिँदै आएको पाँच करोड भारु यथावत् राखिएको छ ।


तर मालदिभ्सलाई दिँदै आएको बजेटमा व्यापक वृद्धि गरेको छ । मालदिभ्सका लागि गत आर्थिक वर्ष ४७० करोड भारु छुट्ट्याइएको थियो भने यस पटक सिधै ६०० करोड भारु पुर्याइएको छ ।