Close

Recent Posts

बेलायतका राजाको सुरक्षा कमाण्डमा नेपालीको छनौट

बेलायतका राजाको सुरक्षा कमाण्डमा नेपालीको छनौट
  • २० माघ २०८१, आईतवार १३:५४

काठमाडौं– बेलायती सेनामा ‘गोर्खा’हरूको वीरता र बलिदानका किस्साहरू त असंख्यक छन् । यस पटक उनै ब्रिटिस गोर्खाका एक अवकाशप्राप्त अधिकृतले राजा चाल्र्स तृतीयको सुरक्षा कमाण्डमा नियुक्ति पाएपछि गोर्खा फेरि चर्चामा छन् ।

mulpatra

७ वर्षअघि ब्रिटिस सेनाको उच्च तह लेफ्टिनेन्ट कर्णेलमा बढुवा हुँदा गोर्खाबाट सो तहमा पुग्ने विरलै नेपालीका रूपमा चर्चा पाएका टोल खाम्चा मगर नै यस पटक राजाको सुरक्षा दलमा छनौट भएपछि फेरि चर्चामा आएका हुन् ।

खाम्चा मगर ब्रिटिस आर्मीको हाउस होल्ड डिभिजनअन्तर्गत किंग्स गार्डमा छनोट भएका छन् । फेब्रुअरी २० तारिखदेखि खाम्चाले आफ्नो नयाँ जिम्मेवारी सम्हाल्नेछन् । राजा चाल्र्स संलग्न भएको अफिसियल समारोहमा इनर सर्कलमा बसेर काम र सुरक्षा गर्ने काम उनको हुनेछ ।

mulpatra mulpatra mulpatra

यो सुरक्षा बलमा छनौट हुन विभिन्न चरण पार गर्नुपर्छ । ती सबै चरणमा पास भएर उनी राजाको सुरक्षा बलमा छनौट भएका हुन् । ब्रिटिस सेनामा कम्तीमा २२ वर्ष सेवा गरेको, एक्जाम्पलरी सर्भिस्, मेडिकल फिट, मिलिट्रीमा क्लिन रेकर्ड र आइडियल क्यारेक्टर भएको, मिलिट्री सिभी, मेडल पाएकोजस्ता अनुभव यो पदका लागि आवश्यक मानिन्छन् ।

स्याङ्जाको भिरकोट करादीमा जन्मिएका खाम्चाले ब्रिटिस आर्मीमा ३६ वर्ष सेवा गरेर २०२२ मा लेफ्टिनेन्ट कर्णेलबाट अवकाश लिएका थिए । ब्रिटिस आर्मीको सिपाहीबाट सेवा सुरु गरेपछि लेफ्टिनेन्ट कर्णेल नै उच्च तह हो । उनी बेलायती सेनाको छैटौँ तहको सिनियर अफिसर बन्ने नेपाली हुन ।

बेलायती सेनामा नेपालीहरूले २ सय वर्षदेखि प्रवेश पाउँदै आएका भए पनि उच्च पदमा कमै पुग्ने गरेका छन् । खाम्चा बेलायती सेनाको छैटौँ वरीयतामा पुग्ने चौथो नेपाली हुन् ।

Image Source: © https://mulpatra.com

यसअघि लालबहादुर पुन, विजय राजत र यामबहादुर रानाले पनि यो पदमा पुग्ने अवसर पाएका थिए । खाम्चा २०७४ मा बढुवा हुँदा पनि ब्रिटिस गोर्खाबाट उच्च पदमा पुग्ने व्यक्तिमा रूपमा चर्चामा थिए ।