Close

Recent Posts

राष्ट्रियसभा बैठक अध्यादेश पेश नभई सकियो

राष्ट्रियसभा बैठक अध्यादेश पेश नभई सकियो
  • २४ माघ २०८१, बिहीबार १३:५८

काठमाडौँ । आजको राष्ट्रियसभाको बैठक स्थगित भएको छ । बैठक आइतबार अपराह्न १ बजेर १५ मिनेटमा बस्नेगरी बैठक स्थगित भएको हो ।

mulpatra


बिहीबारको बैठकमा दुई वटा विधेयकहरु पेस भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सभासमक्ष पेस गरेका हुन् । यसैगरी शिक्षमन्त्री विद्या भट्टराईले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ पेस गरिन् ।


आजको बैठकमा सरकारले ल्याएका अध्यादेश पेश गर्ने भनिए पनि अध्यादेश पास हुन बहुमत पुग्न नसक्ने भएपछि पेश नभएको बुझिएको छ ।