Close

Recent Posts

स्टिम शिक्षा लागु गर्दै रिभेरा इन्टरनेसनल

स्टिम शिक्षा लागु गर्दै रिभेरा इन्टरनेसनल
  • ३ फाल्गुन २०८१, शनिबार १७:५७

काठमाडौं । चाबहिल स्थिति रिभेरा इन्टरनेसनल एकाडेमीले स्टीम शिक्षालाई प्रयोगमा ल्याउने घोषणा गरेको छ । विद्यालयको छब्बीऔं अभिभावक दिवसका रुपमा बोल्दै विद्यालयका प्रिन्सीपल प्रज्वल कोइरालाले उक्त कुराको जानकारी दिएका छन् ।

mulpatra


गुणस्तर शिक्षामा विद्यालय प्रतिबद्ध रहेको प्रिन्सीपल कोइरालाले जनाएका छन् । मनोवैज्ञानिक, शारिरिक, आध्यात्मिक र मानसिक विकासका लागि विद्यालय लागिरहेको र कार्यक्रममा विद्यार्थीबाट हुने प्रस्तुती समेत सोही सिकाइको अभिन्न अंग रहेको बताएका छन् ।


नयाँ नयाँ पाठयक्रम आइरहेकोले आउने दिनहरुमा प्रोग्रेसिभ शिक्षाको ढाँचाका रुपमा रहेको स्टीम एजुकेशन र शिक्षक सिकाई क्रियाकलापलाई अगाडी लिएर जाने प्रतिवद्धता जनाएका छन् ।

mulpatra mulpatra mulpatra

नेपालमा आधुनिक शिक्षा, जीवनपयोगि शिक्षाको बहस चलिरहेको बेला रिभेराले लागु गर्ने भनेको स्टीम शिक्षामा सबैको चासो गएको छ । के हो प्रिन्सीपल कोइरालाले भनेको शिक्षण सिकाई क्रियाकलाप र स्टीम शिक्षा ?

शिक्षण सिकाई क्रियाकलाप

शिक्षण सिकाई क्रियाकलाप भनेको शिक्षक र विद्यार्थीबीच हुने शिक्षण प्रक्रिया अन्तर्गतका गतिविधिहरू हुन्, जसले विद्यार्थीलाई ज्ञान, सीप र मूल्यहरू सिकाउन मद्दत गर्छ।

Image Source: © https://mulpatra.com

यसमा समावेश हुने प्रमुख क्रियाकलापहरू:

  • व्याख्यान – शिक्षकद्वारा जानकारी प्रस्तुत गर्ने प्रक्रिया।
  • गोष्ठी तथा छलफल – विद्यार्थीहरू बीच विचार आदान-प्रदान गराउने।
  • प्रयोगात्मक क्रियाकलाप – प्रयोगशालामा वा बाहिर अभ्यास गराउने।
  • प्रश्नोत्तर – विद्यार्थीको जिज्ञासा मेटाउने र सोच्ने क्षमतामा सुधार गर्ने।
  • समूह कार्य – विद्यार्थीहरूलाई समूहमा राखी सहकार्य गराउने।
  • खेल तथा सृजनात्मक गतिविधि – रमाइलो सिकाइका लागि खेलहरू समावेश गर्ने।
  • प्रोजेक्ट कार्य – कुनै विषयमा अनुसन्धान गराएर विद्यार्थीको सीप विकास गराउने।
  • फिल्ड भ्रमण – प्रत्यक्ष अवलोकन गराएर सिकाइलाई प्रभावकारी बनाउने।

यसरी, शिक्षण सिकाइ क्रियाकलापले विद्यार्थीलाई पाठ्यक्रमको ज्ञान मात्र होइन, जीवनोपयोगी सीपहरू पनि प्रदान गर्छ।

स्टीम शिक्षा

स्टीम शिक्षा (STEAM Education) भनेको विज्ञान, प्रविधि, इन्जीनियरीङ, कला र गणित को एकीकृत शिक्षण पद्धति हो। यसले विद्यार्थीलाई व्यावहारिक, सिर्जनशील, समस्या समाधानमूलक तथा नवीनतम प्रविधिसँग जोडिएको सिकाइ वातावरण प्रदान गर्छ।

स्टीम शिक्षाको प्रमुख विशेषताहरू

  • विषयहरूको एकीकरण – पारम्परिक शिक्षाको सट्टा विज्ञान, प्रविधि, गणित, इन्जिनियरिङ, र कलालाई एकसाथ सिकाउने।
  • समस्या समाधान क्षमताको विकास – विद्यार्थीलाई वास्तविक जीवनमा आउने समस्याहरू समाधान गर्न सिकाउने।
  • नवाचार र सिर्जनशीलता – विद्यार्थीको नवीन सोच र कल्पनाशक्ति विकास गराउने।
  • व्यावहारिक तथा प्रयोगात्मक शिक्षण – प्रयोगशाला, रोबोटिक्स, कम्प्युटर प्रोग्रामिङ, चित्रकला, डिजाइन जस्ता गतिविधि समावेश गर्ने।
  • क्यारियर तयार गर्ने शिक्षा – भविष्यमै माग हुने सीपहरू जस्तै कृत्रिम बुद्धिमत्ता (AI), कोडिङ, ग्राफिक्स डिजाइन आदिमा फोकस गर्ने।

स्टीम परम्परागत शिक्षाबीच अन्तर

  • परम्परागत शिक्षा: किताब र परीक्षा केन्द्रित।
  • स्टीम शिक्षा: प्रयोग, अनुसन्धान, समस्या समाधान, तथा सिर्जनात्मक सोचमा केन्द्रित।

नेपालमा स्टीम शिक्षाको महत्त्व

नेपालमा पनि स्टीम शिक्षालाई प्राथमिकता दिइँदै छ। धेरै विद्यालयहरूमा रोबोटिक्स, कोडिङ, प्रविधि-आधारित सिकाइ जस्ता कार्यक्रमहरू सञ्चालन हुन थालेका छन्। भविष्यको प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्न स्टीम शिक्षा अनिवार्य मानिन्छ।

नयाँ शिक्षा सिकाई पद्धती लागु गर्ने घोषणा गर्दै कमलादी स्थित प्रज्ञा भवनमा विविध कार्यक्रमहरुको आयोजना गरेर विद्यालयले बार्षिक अभिभावक दिवस मनाएको थियो । कार्यक्रमको प्रमुख अतिथि लोक गायक तथा नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राइले गरेका थिए । अतिथिका रुपमा रहेका नगर शिक्षाका यज्ञराज प्रसाई र प्रमुख अतिथिले विद्यालयको व्यवस्थापन र विद्यार्थीको नतिजा र आजको प्रस्तुतिले उत्कृष्ट रहेको प्रमाणीत गरेको बताएका थिए । शिक्षा शाखाका प्रसाईले पढ्नु भन्दा पनि सिकाईमा बढी ध्यान दिनु जरुरी रहेको र सिकाई नै सफलता रहेको हुनाले अभिभावकलाई पढाइ मात्र नभई विद्यार्थीको सिकाईमा बढी ध्यान लगाउन समेत आग्रह गरेका थिए ।


कार्यक्रममको अध्यक्षता विद्यालय सन्चालक समितिका अध्यक्ष नरेन्द्र भट्टराईले गरेका थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश श्रेष्ठ, व्यवस्थापन समितिका सदस्य प्रकाशकुमार ढुंगेल, र अन्य विभिन्न विद्यालयबाट आएका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।


कार्यक्रममा विद्यालयमा दश, पन्ध्र, बीस र पच्चिस वर्ष सेवा गरिरहेकाहरुलाई विशेष सम्मान गरिएको थियो । लामोसमय विद्यालयमा काम गरेर विदाभएका शिक्षकहरुलाई समेत सम्मान गरिएको थियो । सोही कार्यक्रममा विद्यालयबाट विभिन्न क्रियाकलापमा भाग लिई स्वर्ण, रजत र कास्यपदक दिलाउने विजेता खेलाडीहरुलाई समेत पुस्कार तथा सम्मान प्रदान गरेको छ ।
कार्यक्रममा स्वागत मन्तव्य कक्षा नौ का विद्यार्थी सन्श्रय अधिकारीले गरेका थिए । कार्यक्रमको सन्चालन विद्यालयका शिक्षक राम निरौलाले गरेका थिए ।