Close

Recent Posts

कलिंगा विश्वविद्यालयले छात्रवासमा राखेर नेपाली विद्यार्थीलाई पढाउने

कलिंगा विश्वविद्यालयले छात्रवासमा राखेर नेपाली विद्यार्थीलाई पढाउने
  • ५ फाल्गुन २०८१, सोमबार १९:०९

काठमाडौँ । भारतको उडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयले नेपाली विद्यार्थीलाई छात्रावासमा राखेर कक्षा सञ्चालन गर्ने भएको छ ।

mulpatra


सोही विश्वविद्यालयको होस्टलमा बसेर पढीरहेकी रुपन्देहीको प्रकृति लम्साल मृत फेला परेकी थिइन् । लम्सालको मृत्यु शंकास्पद रहेको भन्दै कलेजमा पढ्ने नेपाली विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका थिए । सोही प्रकरणमा कलेजले विरोध प्रदर्शनमा उत्रिएका नेपाली विद्यार्थीलाई होस्टलबाट निकालेको थियो ।


दिल्लीस्थित नेपाली दूतावासले उडिसाको घटनाबारे विज्ञप्ति जारी गर्दै नेपाली विद्यार्थीहरूलाई शैक्षिक संस्थाको छात्रावासमा बस्ने प्रबन्ध मिलाउन अनुरोध गरिएको र त्यस अनुसार नै शैक्षिक संस्थाले व्यवस्था गरेको जनाएको छ।

mulpatra mulpatra mulpatra

नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले विज्ञप्ति जारी गर्दै राजदूतावासबाट अनुरोध भएबमोजिम उक्त विश्वविद्यालयले नेपाली विद्यार्थीहरूलाई छात्रावासमा बस्ने व्यवस्था मिलाई कक्षा सञ्चालनको व्यवस्था गर्ने जानकारी गराएको उल्लेख गरेको छ ।


भारतीय सञ्चारमाध्यमहरूले प्रहरीको प्रारभ्मिक अनुसन्धानबाट उनको मृत्यु शंकास्पद देखिएको बताएका छन् । लम्सालको मृत्यलाई लिएर राजदुतावासले स्वतन्त्र एवं निष्पक्ष अनुसन्धान गर्न जोड दिएको बताइएको छ ।

दिल्लीस्थित नेपाली राजदूतावासले भनेको छ, ‘उक्त छलफलमा यस राजदूतावासले सो शैक्षिक संस्थामा रहेका नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्दै शैक्षिक संस्थाको छात्रावासमा नै बस्ने प्रबन्ध मिलाउन अनुरोध गरेको थियो । त्यसैगरी, उक्त शैक्षिक संस्थामा रहेका नेपाली विद्यार्थीहरूको कक्षा सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउन समेत अनुरोध गरिएको थियो । यस राजदूतावासबाट अनुरोध भएबमोजिम उक्त शैक्षिक संस्थाले सोहीअनुसार विद्यार्थीहरूलाई छात्रावासमा बस्ने व्यवस्था मिलाई नेपाली विद्यार्थीहरूको लागि कक्षा सञ्चालनको व्यवस्था गर्ने जानकारी यस राजदूतावासलाई गराएको छ ।’
दूतावासले नेपाली नेपाली विद्यार्थी लगायत भारतको केन्द्रीय सरकार एवं उडिसाको मुख्यमन्त्री कार्यालय तथा अन्य सम्बन्धित भारतीय निकायहरूसँग पनि सम्पर्क गरिरहेको उल्लेख गरेको छ।

Image Source: © https://mulpatra.com