Close

Recent Posts

दिउँसो काठमाडौंमा पानी पर्न सक्ने

दिउँसो काठमाडौंमा पानी पर्न सक्ने
  • ६ फाल्गुन २०८१, मंगलवार ०७:४६

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौं पानी पर्न सक्ने सम्भावना रहेको छ । दिउँसो पानी पर्नसक्ने सम्भावना रहेको जनाएको छ ।

mulpatra


हिउँद भरि पानी नपरेको काठमाडौं मा पश्चिमी वायु र न्यूनचापीय प्रणालीको प्रभावका कारण वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना रहेको जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी पहाडी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ । तराईका थोरै भूभागमा हुस्सु र कुहिरो लागेको छ ।
विभागले दिउँसो कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । बाँकी भूभागमा आंशिक बदली रहनेछ ।


काठमाडौंमा पानी पर्ने सक्ने सम्भावना भएकोले केही चिसो बढेको छ । आज बिहान पौने ६ बजेको न्युनतम तापक्रम ७.८ डिग्री थियो भने दिउँसो १८–२० डिग्री रहने विभागले जनाएको छ ।