फागुन ७ नेपालको इतिहासमा गौरवपूर्ण दिनः राष्ट्रपति

फागुन ७ नेपालको इतिहासमा गौरवपूर्ण दिनः राष्ट्रपति
  • ७ फाल्गुन २०८१, बुधबार ०८:१७

काठमाडौं । आज राष्ट्रिय प्रजातन्त्र दिवस । १०४ बर्षको जहानियाँ राणा शासनको अन्त्य भएको दिन २००७ साल फागुन ७ लाई देशले प्रजातन्त्र दिवसको रुपमा मनाउँदै आइरहेको छ । सोही अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले फागुन ७ नेपालको इतिहासमा गौरवपूर्ण दिन रहेको बताएका छन् ।

mulpatra


राणा शासनले प्रजातन्त्रको वकालत गरे वापत मारेका चार सहिदहरु दशरथ चन्द, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्री आज पनि सम्झनामा छन । यी चार लगायत मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न संघर्षमा जीवन उत्सर्ग गर्ने सहिदहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रजातन्त्र दिवस मनाइदै छ ।


प्रजातन्त्र दिवसलाई विशेष रुपमा मनाउन सैनिक मञ्च टुँडीखेलमा विविध कार्यक्रमको आयोजना गरिँदै आएको छ । उक्त कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रम रहेको छ । राष्ट्रपतिबाट ज्ञात अज्ञात सहिदहरु प्रति श्रद्धाञ्जली अर्पण गरिने कार्यक्रम रहेको छ ।

mulpatra mulpatra mulpatra

प्रजातन्त्र दिवसकै उपलक्ष्यमा राष्ट्रपति पौडेलले शुभकामना सन्देश जारी गर्दै “मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्दछ भन्ने मान्यतालाई जनताको सङ्घर्ष तथा सहिदको बलिदानबाट स्थापित गरेको हुनाले यस दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय दिनको रूपमा अङ्कित छ” भनेका छन् ।


प्रजातन्त्र दिवसको दिन शुभकामना सन्देश दिँदै सभामुख देवराज घिमिरेले राष्ट्रिय प्रजातन्त्र दिवसले लोकतान्त्रिक मूल्य र आदर्शप्रति प्रतिबद्ध रहन प्रेरणा दिने बताएका छन् । प्रजातन्त्र, लोकतन्त्र र नागरिक स्वतन्त्रताको सपना साकार पार्न आफ्नो जीवन उत्सर्ग गर्ने वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उक्त प्रेरणा दिने बताएका छन् ।