Close

Recent Posts

केआईआईटीमा इन्स्टिच्युटमा भारतीय विद्यार्थीले पनि थाले आन्दोलन

केआईआईटीमा इन्स्टिच्युटमा भारतीय विद्यार्थीले पनि थाले आन्दोलन
  • ७ फाल्गुन २०८१, बुधबार १०:५३

रुपन्देही– भारतको ओडिसास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा नेपाली विद्यार्थीमाथि दमन गरेर निकालेपछि त्यहाँ रहेका भारतीय विद्यार्थीले समेत आन्दोलन थालेपछि त्यहाँको कलेज प्रशासनलाई अर्को संकट आइलागेको छ ।

mulpatra

तीन दिनअघि त्यहाँस्थित करिब १५ सय नेपाली विद्यार्थीलाई कलेज नै छाडेर जान त्यहाँका कर्मचारीले निर्देशन दिएपछि अधिकांश नेपाली विद्यार्थी नेपाल फर्केका छन् । भारतमै कम्प्युटर इन्जिनियरिङ अध्यापनमा राम्रो मानिएको यो कलेजमा रहेका भारतीय विद्यार्थीले नेपाली विद्यार्थीमाथि कले प्रशासनले गरेको ज्यादतीको विरोध गर्दै तत्काल उनीहरूलाई फर्काएर नियमित कक्षा सञ्चालनको दबाब दिएका छन् ।

नेपाली विद्यार्थीमाथिको गलत व्यवहारका विषयमा कलेज प्रशासनले माफी मागे पनि अहिलेसम्म त्यहाँको अवस्था शान्त हुन सकेको छैन भने नियमित पढाई सुचारु हुन सकेको छैन । त्यहाँ तेस्रो वर्षमा अध्धयनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको रहस्यमय मृत्युपछि नेपाली विद्यार्थीले छानबिनको माग गर्दै आन्दोलन गरेपछि त्यहाँको प्रशासन उनीहरूमाथि जाइलागेको थियो ।

mulpatra mulpatra mulpatra

नेपाल सरकार, त्यहाँस्थित नेपाली राजदूतावास, विभिन्न विद्यार्थी संगठन तथा त्यहाँको राज्य सरकारबाट समेत विरोध भएपछि कलेज प्रशासनले सार्वजनिक रूपमा माफी माग्दै यसरी पठाइएका विद्यार्थीको सबै खर्च दिने गरी फर्कन आव्हान गरेको छ ।

कलेज प्रशासनले त्यहाँ रहेका सुरक्षा गार्डलाई कारबाही, गलत गर्ने कर्मचारीलाई माफी मगाए पनि यो राष्ट्रियतामाथिको विषय भएकाले आफूहरू सहजै नफर्कने विद्यार्थीहरूले बताएका छन् । तर चौथो वर्षका केही विद्यार्थीहरू अडिए पनि पहिलो, दोस्रो र तेस्रो वर्षमा अध्ययनरत अधिकांश नेपाली नेपाल फर्केका छन् ।

त्यो कलेजमा रुपन्देहीमा मात्रै करिब ३ सय विद्यार्थी रहेको उनीहरूले जनाएका छन् । सोमबार त्यहाँबाट हिँडेका विद्यार्थीहरू गोरखपर आइपुगेको बताएका छन् । राम्रै नाम कमाएको यो कलेज प्रशासनले गरेको कमजोरीले नेपाली मात्रै होइन भारतीय विद्यार्थीसमेत रिसाएर आन्दोलनमा गएपछि उसलाई थप संकट परेको हो ।

Image Source: © https://mulpatra.com

भारतीय विद्यार्थीहरूले गरेको आन्दोलनका विषयमा नेपाली साथीहरूलाई रिपोर्टिङ गरिरहेको बाटोमा फर्कदै गरेका विद्यार्थीले जनाएका छन् ।