बैंकहरूको ब्याजदर ९ वर्षयताकै सस्तो, लगानीमा चासो देखिन

बैंकहरूको ब्याजदर ९ वर्षयताकै सस्तो, लगानीमा चासो देखिन
  • ७ फाल्गुन २०८१, बुधबार १५:१९

काठमाडौं– कुनै सबमय अच्काली बढेको वाणिज्य बैंकहरुको ब्याजदर अहिले भने एकल विन्दुमा झरेको छ । हाल वाणिज्य बैंकहरूको ब्याजदर ९ वर्षयताकै सस्तो छ। कर्जा प्रवाहमा ह्रास आउँदा ब्याजदर झण्डै एक दशकअघिको अवस्थामा पुगेको हो ।

mulpatra

२०७३ सालमा वाणिज्य बैंकहरूको आधार दर (बेसरेट) न्यूनतम ६.१० प्रतिशत थियो। त्यसयताका ९ वर्षसम्म आधारदर सोभन्दा तल झरेन । माघ मसान्तमा बैंकहरूको आधार दर ६.६५ प्रतिशतमा आइपुगेको हो। यो ९ वर्षयताकै कम हो।
२०७२ सालको भूकम्प र भारतले लगाएको नाकाबन्दीपछि अर्थतन्त्रमा सुस्तता छाउँदा बैंकहरूमा कर्जाको माग अप्रत्याशित रुपमा घटेको थियो।

फागुन महिनामा वाणिज्य बैंकहरूको आधार दर ६.६५ प्रतिशत छ भने कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७९.५७ प्रतिशत छ। अहिले वाणिज्य बैंकहरूसँग ११ खर्ब ७१ अर्ब रुपैयाँबराबरको तरलता छ।

mulpatra mulpatra mulpatra

५९ खर्ब ९८ अर्ब निक्षेप उठाएका वाणिज्य बैंकहरूले ४८ खर्ब २७ अर्ब रुपैयाँ मात्रै ऋणमा लगानी गरेका छन्। बैंकहरूले निक्षेपको ९० प्रतिशतसम्मको रकम ऋणमा लगानी गर्न पाउने भए पनि अहिले ७९ प्रतिशत मात्रै लगानी गर्न सकेका छन्।

चालू आर्थिक वर्षबाट कर्जा विस्तार कमजोर बन्दा आधार दर एक दशक अगाडिकै हाराहारीमा फर्किएको हो। नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७३–७४ मा आधार दर ६.१० प्रतिशत पुग्दा कर्जाको ब्याजदर ८.८६ प्रतिशतमा ओर्लिएको थियो।

आव २०७४–७५ मा वाणिज्य बैंकहरूको न्यूनतम आधार दर ९.६७ अंकमा उक्लिँदा कर्जाको ब्याजदर ११.१० प्रतिशत र निक्षेपको ब्याजदर ६.१० प्रतिशत पुगेको थियो।

Image Source: © https://mulpatra.com

आव २०७५–७६ मा आधार दर न्यूनतम ९.४८ प्रतिशतमा रहँदा कर्जाको ब्याज १२.२० प्रतिशत र निक्षेपको ब्याज ६.३० प्रतिशतमा थियो भने आव २०७६–७७ मा आधार दर न्यूनतम ८.५० प्रतिशत हुँदा कर्जाको ब्याज १०.११ प्रतिशत र निक्षेपको ब्याज ६.१ प्रतिशत थियो।

आव २०७७–७८ मा भने आधार दर ६.६६ प्रतिशतमा ओर्लियो। सो वर्ष कर्जाको ब्याज ८.४३ प्रतिशत र निक्षेपको ४.६२ प्रतिशत पुग्यो भने आव २०७८–७९ मा आधार दर न्यूनतम ६.७१ प्रतिशत पुग्यो।

तीन वर्ष लगातार ब्याजदर बढे पनि २०७७ सालमा भने ब्याजदर घटेको देखिन्छ। उक्त वर्ष आधार दर ६.६६ प्रतिशत पुगे पनि अहिले त्योभन्दा तल अर्थात् ६.६५ प्रतिशत पुगेको छ। २०७७ मा घटेको आधार दर आव २०७८–७९ को अन्त्यतिर तरलता व्यवस्थापन हुँदै जाँदा ९.५४ प्रतिशत पुगेको थियो।