प्रधानमन्त्री नै फेल भए सरकारको अर्धवार्षिक समीक्षामा

प्रधानमन्त्री नै फेल भए सरकारको अर्धवार्षिक समीक्षामा
  • ७ फाल्गुन २०८१, बुधबार १८:०६

काठमाडौं । सरकारले चालु आर्थिक बर्षको छ महिनामा पुँजीगत खर्चको जम्मा १६.१६ प्रतिशत मात्र खर्च गर्न सकेको देखिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्र्तगतको नतिजा व्यवस्थापन महाशाखाले सार्वजनिक गरेको २८ सहकारी निकायको रिपोर्ट अनुसार उक्त कुरा खुल्न आएको हो ।

mulpatra

महाशाखाले आर्थिक वर्ष २०८१र८२ को अर्धवार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै अधिकांश मन्त्रालयहरूले आफूले गर्ने भनेका कामहरू समयमै पूरा नगरेको औंल्याएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीसहित अधिकांश मन्त्रीहरूको कार्यसम्पादन कमजोर देखिएपछि कार्यसम्पादन मुल्याकंनमा नतिजा नआए मन्त्री सम्म फेर्ने सकिने भन्ने स्वयं प्रधानमन्त्री नै अप्ठेरोमा परेका छन् ।

सबै मन्त्रालय, राष्ट्रिय योजना आयोग, लगानी बोर्डको कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र, सार्वजनिक खरिद तथा अनुगमन कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल ट्रष्टको कार्यालयसमेत गरी २८ मन्त्रालयरनिकायहरूको एक हजार १० क्रियाकलाप र एक हजार ९ सय ६१ माइलस्टोनको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक भएको हो।

mulpatra mulpatra mulpatra

सबै मन्त्रालय र निकायका ३४४ कार्ययोजना एकीकृत अनलाइन अनुगमन प्रणालीमा प्रविष्ट गरी मूल्याङ्कन गर्ने व्यवस्था छ। कार्ययोजनालाई माइलस्टोन र क्रियाकलापमा बाँडेर अनुगमन तथा मूल्याङ्कन गरिएको हो।
कार्यसम्पादन मुल्याकंनमा १२ मन्त्रालय सहित प्रधानमन्त्री नै फेल भएपछि राज्य सन्चालनमा रहेका कमीकमजोरी खोजी गर्ने बेला आएको देखिएको छ ।
दुई प्रमुख ठुला दल नेकपा (एमाले) र नेपाली कांग्रेस मिलेर बनेको सरकारको सन्चालन व्यवस्थापन नै निरासाजनक रहेको देखिएको छ ।
अर्थमन्त्रालयको कार्यसम्पादनमा ३९.२ प्रतिशत रहेको छ भने सबै भन्दा कमजोर भौतिक मन्त्रालयको औसत ७.९ प्रतिशत रहेको छ । यही रिपोर्टमा कानुन मन्त्रालय १०० प्रतिशत रहेको छ भने प्रधानमन्त्री कार्यलयको प्रगति औषत २८.१ प्रतिशत मात्र रहेको छ ।