Close

Recent Posts

नेपाललाई दिइएको २ करोड अमेरिकी डलर ठगीको संज्ञा दिए ट्रम्पले

नेपाललाई दिइएको २ करोड अमेरिकी डलर ठगीको संज्ञा दिए ट्रम्पले
  • ८ फाल्गुन २०८१, बिहीबार १५:४२

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक दस्तावेज सार्वजनिक गर्दै नेपालमा वित्तीय संघीयताका लागि अमेरिकाले २ करोड अमेरिकी डलर दिएको बताएका छन् । यो सहयोगलाई उनले ठगीको संज्ञा दिए ।

एलन मस्कले नेतृत्व गरेको डिपार्टमेन्ट अफ गभमेन्ट इफिसिएन्सी (डज) को ले तयार गरेको दस्तावेजलाई ट्रम्पले सार्वजनिक गरेका हुन् । दस्तावेजमा विभिन्न देशहरुलाई अमेरिकाले विभिन्न शीर्षकमा गरेको सहयोगको विवरण उल्लेख छ । नेपाललाई दुईवटा शीर्षकमा गरिएको सहयोगलाई ट्रम्पले ठगीको संज्ञा दिएका हुन् ।

हालै सार्वजनिक भएको भिडिओमा ट्रम्पले नेपालको वित्तीय संघीयताको २ करोड अमेरिकी डलर तथा नेपालको जैविक संरक्षणको क्षेत्रमा १ करोड ९० लाख डलर दिएको उल्खेख गरेका छन् । नेपालको नाम र नेपालको वित्तिय संघीयतालाई दिइएको रकम उल्लेख गरेर ट्रम्पले भने, ‘दिस इज फ्रड !’