Close

Recent Posts

भुवन केको अभिनयमा ‘मेरै हातको सिन्दुर’ सार्वजनिक

भुवन केको अभिनयमा ‘मेरै हातको सिन्दुर’ सार्वजनिक
  • ११ फाल्गुन २०८१, आईतवार १२:०१

काठमाडौं– गीत सङ्गीतको दुनियाँमा जम्दै गरेका भुवन के पोखरेलको अभिनयमा आधारित मेरै हातको सिन्दुर बोलको आधुनिक गीत सार्वजनिक भएको छ ।

mulpatra

गायक बिनोद दनुवार,गाइका सुनिता तिमल्सिना को स्वरमा रहेको यस गीतको शब्द सङ्गीत सन्तोष श्रेष्ठ को हो भने उक्त गीतको म्युजिक भिडियो बिनोद दनुवार अफिसियल युट्युव च्यानल बाट सार्वजनिक गरिएको छ। राजधानीमा बिमोचन भयको उक्त गीत को कार्यक्रम मा जसपा केन्द्रिय उपाध्यक्ष तथा पुर्ब मन्त्री मा. मिर्गेन्द्र कुमार सिंह यादव को प्रमुख उपस्तिथिमा गीत सार्वजनिक भयको थीयो तेस्तै विशिष्ट अतिथि मा चलचित्र कलाकार संघ का अध्यक्ष मोहन निरौला को उपस्थिती थीयो ।

निर्देश सुरेश थापा ले निर्देशन गर्नु भयको गीतमा चर्चित मोडल तथा कलाकार भुवन के पोखरेल र लक्ष्मी सुनार को दमदार अभिनय देख्न सकिन्छ भने यश गीत का छाँयाकन प्रबेश पोखरेल ले गरेका हुन। सुरज खनाल सभापति रेहेको उक्त कायक्रमा भिडियो मा अभिनय गर्ने कलाकार हरुलाइ प्रशंसा पत्र प्रदान गरिएको थीयो।तेस्तै एस गीत मा दिवाकर भण्डरी, सपना कार्की,बिक्रम ठकुरि ले साथ दियका छ्न।

mulpatra mulpatra mulpatra

गीत निकै मार्मिक मर्मस्पर्सी रहेको यश गीतका मोडल भुवन के पोखरेलको भनाइ रहेको छ । यस गीतका मोडल पछिल्लो पटक चर्चामा रहेको सहरीया बुहारी नामक टेलि सिरियल अभिनय गर्दै आइरहेको चर्चित कलाकार पनि हुन ।
। भुवनले अहिलेसम्म ३दर्जन भन्दा बढी म्युजिक भिडियो तथा बिभिन्न लोकप्रिय टेलिसिरियलहरुमा काम गर्दै आइरहेका छन । गितको प्रतिक्रिया कस्तो पाउनुभएको छ भन्ने पत्रकारको प्रश्नमा मोडल भुवन के पोखरेलले भने यो गीत अहिलेका युवाहरुको बेदना पोखिएको गीत हो । निकै मीठो लयमा बनेको यश गीतले दर्शकको मन जित्नेमा आफू ढुक्क रहेको बताएका छन ।