अष्ट्रेलियाका म्याट रस बने नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षक

अष्ट्रेलियाका म्याट रस बने नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षक
  • १८ फाल्गुन २०८१, आईतवार १५:२२

काठमाडौं– अष्ट्रेलियाका म्याट रस नेपाली पुरुष फुटबल टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मुख्य प्रशिक्षक म्याटलाई स्वागत गरेका हुन् । रस अष्ट्रेलियाको विभिन्न क्लब र देशको प्रशिक्षकको काम गरिसकेका छन् ।