डल्लेले इन्ट्री मार्योपछि पाँच करोड लगानीको लाठ साहेब निर्देशन गदै गिरी

काठमाडौं– चलचित्र ‘डल्लेले इन्ट्री मार्यो’पछि निर्देशक राजु गिरीले अर्को फिल्मको निर्देशन गर्ने भएका छन् । पुरी फिल्मसको ब्यानरमा गिरीले चलचित्र लाठ साहेब निर्माण गर्ने भएका छन् । उक्त फिल्मको चलचित्र विकास बोर्डबाट इजाजतपत्र समेत फागुनमा १५ मा पुरी ब्यानर लिइसकेको छ ।
लाठ साहेब डिजिटल प्रविधिबाट निर्माण हुनेछ । यसका लागि पुरी फिल्मसले पाँच करोडभन्दा बढी निर्माणका लागि खर्चिने भएको छ । यो फिल्म भदौमा सु्िटङमा जाने समेत निर्माण पक्षले जनाएको छ । ‘डल्लेले इन्ट्री मार्यो’ले आगामी वर्षको लक्ष्मीपुजामा प्रर्दशन हुने मिति तय गरेको छ ।
