हिन्दुराज्यको पक्षमा काठमाडौंमा राप्रपाको मोटरसाइकल र्याली
काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा मोटरसाइकल ¥याली निकालेको छ । राप्रपाका अधिकांश नेता तथा कार्यकर्ताहरू नेपालको राष्ट्रिय झन्डा बोकेर ¥यालीमा सहभागी भएका छन् ।

राजधानीका विभिन्न स्थानबाट निस्किएको मोटरसाइकल ¥याली बबरमहलहुँदै नारायणहिटीसम्म पुगेको हो । राप्रपाको ¥यालीका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन पनि अस्तव्यस्त बनेको छ । ट्राफिक अस्तव्यस्तको असर बागमती करिडोर क्षेत्रका सडकहरूमा पनि परेको छ ।
