काठमाडौ । आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द हुने भएको छ । नेपाल चिकित्सक संघले आज (मंगलबार) देशैभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेको हो । ।

चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा संघले आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ ।

संघले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै साउन १२ गते मंगलबारका दिन देशभरका सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवाहरू ठप्प पार्ने जानकारी गराएको हो ।