नामिबियाले नेपाललाई दियो १२६ रनको लक्ष्य

नामिबियाले नेपाललाई दियो १२६ रनको लक्ष्य
  • २८ फाल्गुन २०८१, बुधबार १४:३९

काठमाडौं– युगाण्डामा जारी चारदेशीय टी–२०आई प्रतियोगितामा नामिबियाले नेपाललाई १२६ रनको लक्ष्य दिएको छ ।

युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२५ रन बनायो । नामिबियाकी यास्मीन खानले सर्वाधिक ४५ रन बनाइन् । बलिङमा नेपालकी ईश्वरी विष्टले सर्वाधिक ३ विकेट लिइन् । रचनाकुमारी चौधरीले २, रिया शर्मा र कप्तान इन्दु बर्माले एकएक विकेट झारे ।

त्यसअघि नेपाल नामिबियासंग ६ विकेटले पराजित भएको थियो । उक्त सिरिजमा नेपालसहित घरेलु टोली युगान्डा, नेपाल, नामिबिया र हङकङ सहभागी छन् । ३ खेल खेलेको नेपालले १ खेलमा जित र २ खेलमा हार बेहोरेको छ ।