मौद्रिक नीति पर्खिरहेको शेयर बजार, नेप्से २६ सय नजिक पुग्दा लगानीकर्ता चिन्तित

मौद्रिक नीति पर्खिरहेको शेयर बजार, नेप्से २६ सय नजिक पुग्दा लगानीकर्ता चिन्तित
  • १३ असार २०८३, शनिबार ११:५६

काठमाडौं। नेपालको पुँजीबजार यतिबेला प्रतीक्षाको मनोविज्ञानमा छ। आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक हुने मिति नजिकिँदै जाँदा लगानीकर्ताहरू ‘पर्ख र हेर’को रणनीतिमा देखिएका छन्। यही मनोविज्ञानले पछिल्लो एक सातादेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा निरन्तर दबाब सिर्जना गरेको छ। केही साताअघि २ हजार ७७० अंकको आसपास पुगेको बजार क्रमशः ओरालो लाग्दै २ हजार ७०० हुँदै २ हजार ६४० अंकको आसपास झरेको छ भने दैनिक कारोबार रकम पनि खुम्चिँदै गएको छ।

mulpatra

पछिल्लो सातामात्र नेप्सेमा झन्डै २२ अंकको गिरावट आउँदा बजार पुँजीकरणबाट करिब ४० अर्ब रुपैयाँ बराबरको सम्पत्ति घटेको छ। विश्लेषकहरूका अनुसार कारोबार रकममा आएको कमी र लगातारको बिक्री दबाबले लगानीकर्ताको आत्मविश्वास कमजोर बनेको संकेत गरेको छ।

विडम्बना के छ भने बैंकिङ प्रणालीमा अहिले लगानीयोग्य रकम (तरलता) प्रशस्त छ, निक्षेपको ब्याजदर पनि न्यून छ, तर त्यो रकम उत्पादन र पुँजीबजार दुवैतर्फ प्रभावकारी रूपमा प्रवाह हुन सकेको छैन। एकातिर मुलुकको बाह्य अर्थतन्त्र रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति र बैंकिङ तरलताका कारण बलियो देखिएको छ भने अर्कोतर्फ आन्तरिक अर्थतन्त्र सुस्त छ।

mulpatra mulpatra mulpatra

उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन्, हजारौं व्यवसाय बन्द भएका छन्, नयाँ लगानी विस्तार हुन सकेको छैन। यही कारण सेयर बजारमा नयाँ पूँजी भित्रिने गति कमजोर बनेको छ र लगानीकर्ताहरू नीतिगत स्पष्टताको प्रतीक्षामा बसेका छन्।

यही कारण निजी क्षेत्रको सबैभन्दा ठूलो अपेक्षा आगामी मौद्रिक नीतिमाथि केन्द्रित भएको छ। नेपाल उद्योग परिसंघ, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स तथा घरजग्गा व्यवसायीहरूले कार्यशील पुँजी कर्जा निर्देशिकामा सुधार, कर्जा नवीकरण सहज बनाउने, घरजग्गा तथा उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह खुकुलो पार्ने, एकल अंकको ब्याजदरलाई दीर्घकालीन नीति बनाउने, स्प्रेड दर घटाउने तथा लगानी र उत्पादनलाई प्रोत्साहन गर्ने व्यवस्था गर्न राष्ट्र बैंकसँग माग गरेका छन्।

उनीहरूको निष्कर्ष स्पष्ट छ—मूल्य स्थिरता मात्र होइन, लगानी, उत्पादन, रोजगारी र निजी क्षेत्रको आत्मविश्वास पुनःस्थापित गर्ने मौद्रिक नीति अहिलेको आवश्यकता हो।

Image Source: © https://mulpatra.com

पुँजीबजारका विश्लेषकहरूका अनुसार नेप्से अहिले प्राविधिकभन्दा बढी नीतिगत संकेतको प्रतीक्षामा छ। बजेटपछि बजारमा देखिएको उत्साह टिक्न नसकेको, कारोबार रकम घट्दै गएको र लगानीकर्ताले नयाँ खरिदभन्दा जोखिम न्यूनीकरणलाई प्राथमिकता दिएको अवस्था छ।

यद्यपि मौद्रिक नीतिले बैंकिङ क्षेत्र, घरजग्गा, उत्पादन, साना तथा मझौला उद्यम र सेयर बजारमैत्री सुधारका संकेत दिन सके बजारमा नयाँ ऊर्जा आउन सक्ने अपेक्षा गरिएको छ। तर यदि नीति अपेक्षाअनुसार आएन भने नेप्सेमा देखिएको सुस्तता अझ लम्बिन सक्ने र २६ सयको मनोवैज्ञानिक विन्दु पनि थप दबाबमा पर्न सक्ने आँकलन बजार वृत्तमा हुन थालेको छ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com