Close

Recent Posts

आज रंगहरुको पर्व होली मनाइँदै

आज रंगहरुको पर्व होली मनाइँदै
  • २९ फाल्गुन २०८१, बिहीबार ०६:३०

काठमाडौं । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने रंगहरूको पर्व होली आज काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा आपसी सद्भाव, उत्साह र हर्सोल्लासका साथ मनाइँदै छ । होली हिन्दू धर्मावलम्बीहरूको प्रमुख चाडहरूमध्ये एक हो। यो विशेष गरी नेपाल र भारतमा धुमधामका साथ मनाइने रंगहरूको चाड हो। होलीलाई (फागु पूर्णिमा) पनि भनिन्छ, किनभने यो फागुन महिनाको पूर्णिमाका दिन मनाइन्छ।

mulpatra


होली पर्वलाई असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा लिने गरिन्छ। धार्मिक मान्यताअनुसार, हिरण्यकशिपुको बहिनी होलिका दहन भएको दिनको सम्झनामा यो पर्व मनाइन्छ। साथै, भगवान् कृष्णले गोपिनीहरूसँग रंग खेल्नुभएको कथासँग पनि होली जोडिन्छ।


पहाडी जिल्लामा आज मनाइने होली तराईका जिल्लामा भने भोलि मनाइन्छ ।
काठमाडौं उपत्यकाको बसन्तपुर दरबार क्षेत्रमा विशेष कार्यक्रम आयोजना गरि होली मनाइन्छ । त्यसैगरि देशका विभिन्न शहरहरुमा विशेष कार्यक्रम गरि होली मनाइँदै छ ।

mulpatra mulpatra mulpatra


सुरक्षा व्यवस्था कडा
होली खेल्ने क्रममा हुने दुर्व्यवहार रोक्न प्रहरीले विशेष सुरक्षा योजना बनाएको छ। जबरजस्ती रंग दल्नेलाई कारबाही गरिने चेतावनी दिइएको छ। ट्राफिक प्रहरीले मद्यपान गरेर सवारी चलाउनेहरूलाई कडा निगरानी गर्ने जनाएको छ।