‘कालिदेवी अन्तर्राष्ट्रिय म्युजिक अवार्ड’ उत्कृष्ट ५ सार्वजनिक

‘कालिदेवी अन्तर्राष्ट्रिय म्युजिक अवार्ड’ उत्कृष्ट ५ सार्वजनिक
  • १० चैत्र २०८१, सोमबार १०:३६

काठमाडौं १० चैत्र । कालीदेवी मिडिया हाउसद्वारा आयोजित ‘कालिदेवी अन्तर्राष्ट्रिय म्युजिक अवार्ड २०८१’ शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि नोमिनेसन सार्वजनिक भएको छ । नोमिनेसनमा विभिन्न बिधामा १२५ जनाले आवेदन दिएकोमा ९५ जना श्रष्टा, सर्जकहरु उत्कृष्ट टप ५ मा पर्न सफल भएको छ ।

mulpatra

नायिका सुश्री संगीता तितुङको सभापतित्वमा सम्पन्न नोमिनेसनमा कार्यक्रममा प्रमुख अतिथ्यता जि. मोटार प्रो. पारशमणि गेलाल बिशिष्ट अतिथिहरुमा राष्ट्रिय तामाङ घेदुङका अध्यक्ष बीर बहादुर योञ्जन, राष्ट्रिय संगीतकर्मी संघ बागमती प्रदेशका अध्यक्ष तथा नायक दावा फिन्जो तामाङ, रहेका छन् भने अन्य पाहुनाहरुमा हरि सिङ राईखोला, रबि तामाङ, जीवन परियार, सुरज खड्का, दिपु तामाङ लगायत अन्य थुप्रै संघसंस्थाका व्यक्तित्वहरुको बाग्लो उपस्थिति रहेको थियो ।

नेपाली मौलिक कला, संस्कृतिलाई बिदेशमा पनि चिनाउने उव्देश्यले जापानमा आयोजित हुने ‘कालिदेवी अन्तर्राष्ट्रिय म्युजिक अवार्ड २०८१’ नोमिनेसन कार्यक्रममा ‘मिसेज तामाङ’ श्याम माया तामाङ, ‘मिस जनजाति दुवई’ आरजे अञ्जुली लोप्चन, ‘मिस तामाङ २०२५’ अन्जु थोकर तामाङ, चर्चित कलाकार शारदा गीरि ‘काली आमा’ लगायत अन्य थुप्रै कलाकारहरुलाई सम्मान गरिएको थियो ।

mulpatra mulpatra mulpatra

अवार्ड कार्यक्रम नयाँ वर्ष २०८२को शुभकामना सहित जापानमा सम्पन्न हुने कार्यक्रम संयोजकव्दय बिनायक तामाङ र राजन भुजेलले जानकारी गराउनु भएको छ ।