१८ बर्ष मुनिका बालबालिकालाई पार्टी सदस्य नबनाउः कांग्रेस

१८ बर्ष मुनिका बालबालिकालाई पार्टी सदस्य नबनाउः कांग्रेस
  • १२ असार २०८३, शुक्रबार २०:०२

काठमाडौँ । नेपाली काँग्रेसले १८ बर्ष मुनिका बालबालिकालाई पार्टी सदस्य नबनाउन भनेको छ । केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षमुनिका बालबालिकालाई कुनै पनि राजनीतिक दलको सदस्य नबनाउन अपिल गरेको हो।

mulpatra

बालबालिकाको बालापन, शिक्षा र अधिकारको संरक्षण गर्न सबै राजनीतिक दल, पार्टीका कार्यसमिति तथा शुभेच्छुकलाई आग्रह गरिएको उपसमितिका संयोजक उमंग लोहनीद्वारा जारी पत्रमा उल्लेख छ ।

काँग्रेसले डिजिटल प्रणालीमार्फत सुरु गरेको नयाँ क्रियाशील सदस्यता अभियानमा इच्छुक नेपाली नागरिकले असार २० गतेसम्म पार्टीको आधिकारिक पोर्टलमार्फत अनलाइन आवेदन दिन सक्ने जानकारी दिइएको छ।

mulpatra mulpatra mulpatra

काँग्रेसको सिद्धान्त र नीतिप्रति प्रतिबद्ध नेपाली नागरिकले १८ वर्ष पूरा गरेपछि मात्र क्रियाशील सदस्य बन्न पाउने व्यवस्था रहेको उल्लेख गरिएको छ।

सदस्य सङ्ख्या बढाउने प्रतिस्पर्धाका नाममा बालबालिकाको अधिकार हनन गर्ने र संविधान तथा कानुन विपरीत गतिविधि नगर्न सबै राजनीतिक दललाई आग्रह गरिएको छ।