यि हुन रास्वपाका निर्वाचित पदाधिकारीहरु
काठमाडौँ । चितवनमा भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रथम महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनबाट सभापतिमा रबि लामिछाने निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरि उपसभापतिमा डा. स्वर्णीम वाक्ले समेत निर्विरोध निर्वाचित भएका छन् । सभापति र उपसभापतिमा कसैको उम्मेदवारी नपरेका कारण दुबै पदन निर्विरोध निर्वाचित भएको हो ।
यता दोश्रो चरणको निर्वाचनमा महिला उपसभापतिमा सोविता गौतम निर्वाचित भएकी छिन् । गौतमले डा. तोसिमा कार्कीलाई पराजित गरेकी छिन् ।
![]() |
![]() |
![]() |
|---|
पार्टीको महामन्त्रीमा विपिन आचार्यले जित निकालेका छन् । विपिनले मनिष झा, सागर ढकाल, गणेश कार्कीलाई पराजित गरेका छन् ।
सहमहामन्त्री खुलामा हरि ढकाल र असिम शाह निर्वाचित भएका छन् । महिला सहमहामन्त्रीमा झापाकी निशा डाँगी निर्वाचित भएकी छिन् ।
योसँगै रास्वपाको महाधिवेशन समापन भएको छ । १ सय ५८ सदस्यीय रास्वपाको निर्वाचित बाहेक ५१ सदस्य भने सभापतिले मनोनित गर्ने व्यवस्था रहेको छ ।



