Close

Recent Posts

कुलमानलाई हटाएको विरोधमा ऊर्जामन्त्रीको पुत्ला दहन

कुलमानलाई हटाएको विरोधमा ऊर्जामन्त्रीको पुत्ला दहन
  • ११ चैत्र २०८१, मंगलवार १०:३१

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई पदमुक्त गरिएको विरोधमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन् ।

आज बिहान नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूले विश्वभाषा क्याम्पस प्रद्धशनीमार्गमा प्रदर्शन गरेका हुन् ।
सो क्रममा उनीहरुले ऊर्जामन्त्री दीपक खड्काको पुत्ला दहनसमेत गरेका थिए । घिसिङमाथि गरिएको कारबाहीप्रति चौतर्फी विरोध भइरहेको छ ।