Close

Recent Posts

अमेरिकाबाट फर्काइएका भुटानी शरणार्थीलाई बेपत्ता तथा देश निकाला गरिएकोमा आपत्ति

अमेरिकाबाट फर्काइएका भुटानी शरणार्थीलाई बेपत्ता तथा देश निकाला गरिएकोमा आपत्ति
  • १८ चैत्र २०८१, मंगलवार १४:५२

काठमाडौं– अमेरिकाबाट फर्काइएका भुटानी शरणार्थीलाई बेपत्ता तथा देश निकाला गरिएको भन्दै भुटानका राजनीतिक दल तथा सङ्घ–संस्थाले आपत्ति जनाएका छन् ।

mulpatra

भुटान पिपल पार्टीका अध्यक्ष बलराम पौड्याल, ड्रुक नेशनल कांग्रेस–प्रजातान्त्रिकका अध्यक्ष रिन्जिन दोर्जी, भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितिका कार्यवाहक अध्यक्ष तिलक राई र भुटान स्वतन्त्र जनमञ्चका महासचिव डीबी सुब्बाले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् ।

करिब दुई दशकअघि विश्वका विकसित देशहरूले दीर्घकालीन समाधानको नाममा नेपालमा शरण लिएका भुटानी शरणार्थीलाई तेस्रो देश पुनर्वास प्रक्रियाका लागि आह्वान गरेको र यसअन्तर्गत कानुनी प्रक्रिया पूरा गरी क्यानडा, अस्ट्रेलिया, न्यूजिल्याण्ड, नेदरल्याण्ड, नर्वे, संयुक्त राज्य अमेरिका, डेनमार्क र बेलायतमा भुटानी शरणार्थी पुनर्वास हुनेक्रम बढेको उनीहरूले विज्ञप्तिमा जनाएका छन् ।

mulpatra mulpatra mulpatra

तीमध्ये अधिकांश भुटानी शरणार्थीले संयुक्त राज्य अमेरिकामा पुनर्वास हुने अवसर प्राप्त गरे पनि केही दिनअघि मात्र संयुक्त राज्य अमेरिकामा पुनर्वास भएका मध्ये दश जना भुटानीलाई देश निकाला गरिएको र चार्टर विमानद्वारा पारो विमानास्थल पु¥याइ भुटान सरकारलाई हस्तान्तरण गरिएको जानकारी पाइएको उनीहरूले जनाएका छन् ।

तर अमेरिकी अधिकारी फर्किए लगत्तै भुटानले ती मानिसलाई मध्यरातमा सरकारी साधनमा राखी भारतीय सीमापार गराएको उनीहरूको आरोप छ । ‘यसरी सीमापार गराइएकामध्ये आशिष सुवेदी, रोशन तामाङ र सन्तोष दर्जी नेपालस्थित शरणार्थी शिविरमा पुगे तर अन्य सात जना सम्पर्कविहीन रहेको हुँदा हामी सबै स्तब्ध र चिन्तित भएका छौँ,’ विज्ञप्तिमा भनिएको छ ।

भुटानले संरक्षण गर्ने जिम्मेवारी लिएका नागरिकलाई पुनः देश निकाला गर्ने कार्यले सन १९४८ को मानव अधिकारको विश्वव्यापी घोषणापत्रको प्रत्यक्ष उल्लङ्घन भएको र भुटानले वकालत गर्दै आएको कथित लोकतन्त्रको उपहास मात्र होइन, वास्तविकता पनि उदाङ्गो पारेको उनीहरूले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

Image Source: © https://mulpatra.com

‘भटान सरकारले केही दिनअघि अमेरिकाबाट निर्वासित भएका भुटानीहरूलाई स्वीकारे पनि तत्कालै न्यूनतम मानवअधिकारको प्रत्याभूति दिनुको सट्टा रातारात फेरि देश निकाला गर्ने दुष्ट कार्य गरेको छ,’ विज्ञप्तिमा भनिएको छ । भुटानको यस्तो अमानवीय कार्य भत्र्सना योग्य तथा निन्दनीय रहेको उनीहरूले जनाएका छन् ।

‘हामी नेपाल र भारत सरकार, मानव अधिकार संगठनहरू, पत्रकार जगत, अन्तर्राष्ट्रिय समुदाय र सम्बन्धित पक्षहरूलाई यी पीडितहरूको मानवको रूपमा बाँच्न पाउने न्यूनतम अधिकार सुनिश्चित गर्न सहयोगका लागि अनुरोध गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

कथित प्रजातन्त्रको घोषणा पश्चात् पनि भुटान सरकारको आफ्ना नागरिकहरूलाई बलपूर्वक देश निष्कासन गर्ने वा बेपत्ता पार्ने अभ्यासमा सुधार नआएको हालैको घटनाक्रमले पुष्टि गरेको उनीहरूको ठहर छ । संयुक्त राज्य अमेरिकाले दश जना भुटानीलाई भुटान सरकार समक्ष हस्तान्तरण गरिएको भनिए पनि केवल तीन जना सम्पर्कमा आएको र उनीहरू नेपालको अध्यागमनको हिरासतमा रहेको तर अन्य सात जनाको अवस्था अझैसम्म अज्ञात रहेको विज्ञप्तिमा उल्लेख छ ।

‘हामी विश्वका सबै संस्थाहरू, अन्तर्राष्ट्रिय समुदाय, एम्नेष्टी इन्टरनेश्नल र विशेष गरी भारत र नेपालस्थित अमेरिकी दूतावासलाई उनीहरूको खोजी गर्न र राज्यविहीनता एवं पहिचानविहीनता हुने स्थितिबाट बचाउन अपिल गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

उनीहरूले विश्व समुदायसँग हालै भुटानबाट गलत तरिकाले निष्कासित गरिएका र तीन दशक अघिदेखि स्वदेश फर्कन लालायित सबै भुटानीलाई आफ्नै देशमा सहज रूपले बस्नसक्ने वातावरण सिर्जना गर्न हेतु दीर्घकालीन समाधानको पहल र समर्थनका लागि पनि माग गरेका छन् ।

रातोपार्टीबाट