Close

Recent Posts

क्यान्सर पीडित मोहन थापालाई ह्वीलचेयर स्कूटर हस्तान्तरण

क्यान्सर पीडित मोहन थापालाई ह्वीलचेयर स्कूटर हस्तान्तरण
  • २० चैत्र २०८१, बिहीबार १०:३९

काठमाडौं– एनआरएनए जापान नागानो क्षेत्रीय समिति, नेपाल समाज नागानो केन जापान, र नेपालमा देब छाया फाउन्डेशनको सहकार्यमा ललितपुर, लामाटारका मोहन थापा ज्यूलाई ह्वीलचेयर स्कूटर हस्तान्तरण गरियो।

कार्यक्रममा समाजसेवाका साथै कलाकार, पत्रकार, र गायकहरूलाई सम्मान गरियो। सम्मानित कलाकारहरूमा कलाकार, लेखक तथा निर्देशक सुरज खनाल, बिनोद राई, लेखान्त भुसाल रहनुभएको थियो। पत्रकार सानु श्रेष्ठ, वर्षा खनाल, श्यामहरि शिवभक्ति, तथा गायक मोतिराज खनाललाई समेत सम्मान गरियो।

समाजसेवा, स्वास्थ्य सहायता, र नेपाली कलाकारिता तथा पत्रकारिताको योगदानलाई उजागर गर्ने यस अभियानमा जोडिन पाउँदा खुशी लाग्यो!