Close

Recent Posts

मारवाडी सेवा समितिले सञ्चालन गरिरहेको धर्मशाला खाली गराउने, पशुपति क्षेत्र विकास कोषले नै सन्चालन गर्ने तयारी

मारवाडी सेवा समितिले सञ्चालन गरिरहेको धर्मशाला खाली गराउने, पशुपति क्षेत्र विकास कोषले नै सन्चालन गर्ने तयारी
  • ३० बैशाख २०८३, बुधबार ०८:२५

काठमाडौँ । मारवाडी सेवा समितिले सञ्चालन गरिरहेको गौशाला स्थिति धर्मशाला खाली गराउने प्रक्रिया अघि बढेको छ । उक्त धर्मशाला पशुपति क्षेत्र विकास कोषले आफै सन्चालन गर्ने तयारी गरेको छ ।

mulpatra

उक्त जग्गा र धर्मशाला प्रयोग सम्बन्धी २०६० सालमा पशुपति विकास कोष र मारवाडी सेवा समितिबीच सम्झौता भएको थियो। धर्मशालालाई गैरनाफामूलक बनाउने भनेर सम्झौता गरिएपनि त्यहाँ सटरहरू बनाएर व्यापारिक प्रयोजनका लागि भाडामा लगाइएको थियो । त्यसपछि पशुपति विकास कोषले सम्झौता रद्द गर्ने निर्णय गरे पछि मारवाडी सेवा समितिले २०८० सालमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो।

उक्त मुद्दामा दाबी नपुग्ने फैसला भएपछि मारवाडी सेवा समितिले पशुपति क्षेत्र विकास कोषका विरुद्धमा मुद्धा दर्ता गरेको थियो । तर जिल्ला अदालतले मुद्धामा समितिको हकदावी नपुग्ने निर्णय गरेपछि पुनः समिति उच्च अदालत पाटन गएको थियो ।

mulpatra mulpatra mulpatra

उच्च अदालत पाटनले काठमाडौँ जिल्ला अदालतको फैसला सदर गर्दै धर्मशाला कोष अन्र्तगत रहने फैसला गरेको थियो । अदालतको फैशलापछि कोषले नै धर्मशाला सञ्चालन गर्ने तयारी गरेको कोषले जानकारी दिएको छ ।