गीतकार- संगतिकार एवं साहित्यकार जीवन शर्मालाई थाइल्याण्डमा सम्मान र अवार्ड

गीतकार- संगतिकार एवं साहित्यकार जीवन शर्मालाई थाइल्याण्डमा सम्मान र अवार्ड
  • २० चैत्र २०८१, बिहीबार २१:२८

बैंकक-गीतकार-संगतिकार एवं साहित्यकार जीवन शर्मालार्ई थाइल्याडको बैंककमा सम्मान अर्पणका साथै अवार्ड प्रदान गरिएको छ ।

mulpatra

उनलाई सिक्किमा रहेर नेपाली भाषा, साहित्य कला संस्कृतिका साथै गीत संगीतका क्षेत्रमा विगत लामो समयदेखि पु¥याउँ आउनुभएको योगदानको कदर गर्दै ‘जिनियस अन्तर्राष्ट्रिय उत्कृष्ट सम्मान’ र ‘हिमालयन अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिएको थियोे ।

शर्मा नेपाली साहित्य तथा गीतसंगीतको क्षेत्रमा समर्पित र स्थापित हुनुहुन्छ । उहाँका धेरै गीत लोकप्रिय छन् भने गीतसंगीतबाट थुप्रै अवार्ड चुम्न सफल हुनुभएको छ । यस्तै उहाँका साहित्यिक कृति पनि प्रकाशित छन् ।

mulpatra mulpatra mulpatra


विगत १६ वर्ष काठमाडौंमा रहेर गीतसंगीतका क्षेत्रमा काम गर्दै आएको जिनियस डिजिटल म्युजिक प्रा.लि.ले थाइल्याण्डको बैंककमा एक विशेष भव्य समारोहबीच शर्मालाई सम्मान अर्पण गरेको हो भने हिमालयन अन्तर्राष्ट्रिय अवार्डको पाँचौ संस्करणमा उहाँलाई ‘सुने मैलै…’ गीतबाट अवार्ड प्रदान गरिएको हो ।
गैर आवसिय नेपाली संघ (एनआरएनए) थाइल्याण्डका अध्यक्ष भविन्द्र बस्नेतको प्रमुख आतिथ्यतामा भएको समारोहमा गीतसंगीतका साथै समाजका विभिन्न क्षेत्रमा अमूल्य योगदान पुर्‍याएका व्यक्तित्वलाई उहाँहरूका कार्यको उच्च प्रशंसा गर्दै सम्मान अर्पण गरिएको जिनियसका अध्यक्ष रमेश पाठकले बताउनुभयो । समारोहमा विभिन्न कलाकारले आ–आफ्नो प्रस्तुतिमार्फत दर्शकको मन जित्न सफल हुनुभएको थियो ।


थाइल्याण्डमा रहेर लामो समयदेखि व्यवसाय गर्दै आउनुभएका सामाजिक व्यक्तित्व सुनिल खड्काको विशेष आतिथ्यता रहेको समारोहमा अन्य अतिथिहरूको उल्लेखनीय उपस्थिति थियो ।
कार्यक्रममा प्रमुख अतिथि भविन्द्र बस्नेत, सिक्किमका जीवन शर्मा, विशेष अतिथि सुनिल, मिलापका प्रधानसम्पादक कृष्ण भुसाललगायतले थाइल्याण्डको बैंककमा आएर यस्तो भव्य कार्यक्रमको आयोजना गरेकोमा आयोजकलाई बधाई दिँदै विश्वमा जहाँ रहेपनि नेपाली भाषा, साहित्य, कला संस्कृतिका साथै नेपाली गीतसंगीतको संरक्षण एवं सम्बद्र्धनमा जुटनुपर्ने भनाइ राख्नुभएको थियाे ।