Close

Recent Posts

बैरो संघको अध्यक्षमा डिकबहादुर खत्री र महासचिवमा हरि डागी निर्वाचित

बैरो संघको अध्यक्षमा डिकबहादुर खत्री र महासचिवमा हरि डागी निर्वाचित
  • २५ जेष्ठ २०८३, सोमबार ०३:२५


काठमाडौं,नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुप्रतीक्षित निर्वाचनबाट नयाँ नेतृत्व चयन भएको छ। अध्यक्ष पदमा नेकपा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका उम्मेदवार डिकबहादुर खत्री ‘कुमार’ विजयी भएका छन्। खत्रीले आफ्ना दुवै प्रतिस्पर्धीलाई स्पष्ट मतान्तरले पराजित गर्दै संघको नेतृत्व आफ्नो पक्षमा पारेका हुन्।

mulpatra

आइतबार सम्पन्न मतदानको मतगणना राति अबेर सम्पन्न भएको थियो। अन्तिम मत परिणामअनुसार अध्यक्ष पदमा खत्रीले ३४७ मत प्राप्त गर्दै विजय हासिल गरे। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका उम्मेदवार मेघनाथ भुर्तेल ले १९२ मत प्राप्त गरे भने राष्ट्रिय स्वतन्त्र पार्टी निकट स्वतन्त्र वैदेशिक रोजगार व्यवसायी समूहका उम्मेदवार हरिबहादुर पाण्डे क्षेत्री ले १७० मत प्राप्त गरेका छन्।

यस निर्वाचनमा कुल ७७४ मतदातामध्ये ७१९ मत खसेको थियो। उच्च सहभागिताबीच सम्पन्न निर्वाचनलाई संघको इतिहासकै महत्वपूर्ण र प्रतिस्पर्धात्मक चुनावका रूपमा हेरिएको थियो।

mulpatra mulpatra mulpatra

खत्री नेतृत्वको प्यानल नेकपा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेपाली कम्युनिस्ट पार्टी निकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च तथा नेपाली कांग्रेस निकट केही व्यवसायीहरूको संयुक्त समर्थनमा चुनावी मैदानमा उत्रिएको थियो। उक्त गठबन्धनले निर्वाचनमा उल्लेखनीय सफलता हासिल गर्दै संघको नेतृत्वमा आफ्नो प्रभाव स्थापित गरेको छ।

निर्वाचन परिणामअनुसार प्रथम उपाध्यक्षमा महेश कुमार बस्नेत विजयी भएका छन्। उनले २४१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कर्णराज कटुवालले २३१ मत प्राप्त गरेका थिए। द्वितीय उपाध्यक्षमा अनिल बोगटी ३१५ मतसहित निर्वाचित भए भने तृतीय उपाध्यक्षमा भने लोकतान्त्रिक एसोसिएसनका उम्मेदवार लक्ष्मण पौडेल २५९ मतसहित विजयी भएका छन्।

त्यसैगरी महासचिव पदमा हिरा बहादुर डाँगी २७३ मतसहित निर्वाचित भएका छन्। सचिव पदमा केदारनाथ अधिकारी २९४ मत प्राप्त गर्दै विजयी भए भने कोषाध्यक्षमा धनमाया सिन्जाली ३२३ मतसहित निर्वाचित भएकी छन्।

Image Source: © https://mulpatra.com

निर्वाचनको अन्तिम परिणामले प्रगतिशील–संयुक्त व्यवसायी गठबन्धनको स्पष्ट वर्चस्व देखाएको छ। १७ सदस्यीय कार्यसमितिमा सात पदाधिकारीमध्ये छ पदमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् भने १० सदस्यीय कार्यसमितिमा आठ सदस्य उनीहरूकै पक्षबाट निर्वाचित भएका छन्।

यद्यपि लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले पनि उपाध्यक्ष जितेको छ। एसोसिएसनका तर्फबाट तृतीय उपाध्यक्षमा लक्ष्मण पौडेल तथा सदस्य पदमा गीता राउत र दीक्षा दाहाल विजयी भएका छन्।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com