Close

Recent Posts

विपक्षी शिर्ष नेताहरु गएनन् रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा

विपक्षी शिर्ष नेताहरु गएनन् रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा
  • २५ जेष्ठ २०८३, सोमबार ०९:४३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा प्रमुख विपक्षी दलका शीर्ष नेताहरू अनुपस्थित भएका छन्।

mulpatra

मुलुकको समसामयिक राजनीतिक अवस्था, संसद्को प्रभावकारिता तथा राष्ट्रिय महत्वका विषयमा साझा धारणा निर्माण गर्ने उद्देश्यले सोमबार सिंहदरबारस्थित संसद् सचिवालयको सार्वजनिक लेखा समितिको हलमा बैठक आयोजना गरिएको थियो। बैठकमा संघीय संसद्का दुवै सदनमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई निमन्त्रणा गरिएको थियो।

तर बैठकमा प्रमुख विपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी भएनन्। प्रचण्डको सचिवालयका अनुसार स्वास्थ्य अवस्था पूर्ण रूपमा सुधार नभएकाले उनी बैठकमा उपस्थित हुन नसकेका हुन्। उनको स्थानमा नेकपाका सहसंयोजक माधवकुमार नेपाल र नेता वर्षमान पुन सहभागी भएका छन्।

mulpatra mulpatra mulpatra

यस्तै, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापा पनि बैठकमा उपस्थित भएनन्। कांग्रेसका तर्फबाट संसदीय दलका नेता भीष्मराज आङ्देम्बे सहभागी भएका छन्।

सत्तारूढ नेकपा एमालेका शीर्ष नेताहरू पनि बैठकमा अनुपस्थित रहे। रास्वपाले पार्टी अध्यक्ष तथा शीर्ष नेताहरूलाई निमन्त्रणा गरेको भए पनि एमालेले प्रमुख सचेतक ऐनबहादुर महरलाई प्रतिनिधिका रूपमा पठाएको छ।

रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार प्रत्येक दलबाट अध्यक्ष वा सभापतिसहित दुई जना प्रतिनिधिलाई आमन्त्रण गरिएको थियो। उनले राजनीतिक दलहरूबीच संवाद र सहमतिमार्फत विद्यमान राजनीतिक गतिरोध अन्त्य गर्न बैठक उपयोगी हुने विश्वास व्यक्त गरे।

Image Source: © https://mulpatra.com

भारत भ्रमणबाट फर्किएपछि सभापति लामिछानेले प्रमुख राजनीतिक दलका नेताहरूसँग संवादको पहलस्वरूप सर्वदलीय बैठक आयोजना गरेका हुन्। यद्यपि प्रमुख विपक्षी तथा सत्तारूढ दलका शीर्ष नेताहरूको अनुपस्थितिले बैठकको राजनीतिक महत्वबारे विभिन्न टिप्पणीहरू सुरु भएका छन्।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com