नेपाल अफगानिस्तानसँग एक रनले पराजित

नेपाल अफगानिस्तानसँग एक रनले पराजित
  • २३ चैत्र २०८१, आईतवार १८:३९

काठमाडौं । मूलपानी क्रिकेट मैदानमा भएको एकदिवसीय श्रृंखलामा नेपालले एक रनले पराजित भएको छ । नेपाली यू–१९ टिमले अफगानिस्तानविरुद्ध एक रनको हार बेहोरेको छ ।


आइतबार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा अफगानिस्तानले प्रस्तुत गरेको १६९ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ४९।३ ओभरमा सबै विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर १६८ रनको योगफल तयार पारेको थियो ।

जितसँगै अफगानिस्तानले तीन खेलको शृंखला एक खेलअगावै आफ्नो पक्षमा परेको छ । अफगानिस्तानले शृंखलामा २–० को अग्रता बनाएको छ । पहिलो खेलमा अफगानिस्तान १३० रनले विजयी भएको थियो ।

नेपालका ओपनर साहिल पटेलले ११९ बलमा ६ चौका सहित ६४ रन बनाए भने अभिषेक तिवारीले २४, ध्रुव सोनारले २१, निरजकुमारले १५ र नरेन भट्टले १३ रन लिएका थिए ।

अफगानिस्तानका वाहिदुल्लालह जाद्रन, जाइतुल्लाह शहिन र हाफिज जाद्रनले समान दुई विकेट लिए । रोहुल्लाह अरब, कप्तान महबुब खान र उजाइरुल्लाह नियाजाईले समान एक विकेट लिए ।
नेपालका सन्तोष यादवले तीन, सिब्रिन श्रेष्ठ र विपीनप्रसाद शर्माले समान दुई तथा अभिषेक तिवारीले एक विकेट लिए ।