Close

Recent Posts

सुन भाउ फेरि १ लाखमै फर्किएला कि दुई लाख पुग्ला ?

सुन भाउ फेरि १ लाखमै फर्किएला कि दुई लाख पुग्ला ?
  • २४ चैत्र २०८१, सोमबार १३:२१

काठमाडौं– सुनको मूल्यले विश्व बजारमै अहिले कीर्तिमानी उचाइ पार गरेको छ । जसले लगानीकर्तालाई फाइदा पुर्याएको छ भने उपभोक्ता अर्थात् खरीददारहरूमाथि बोझ थपिदिएको छ। तर यो अवस्था अब लामो समय निरन्तर रहने छैन । विश्लेषकहरूले सुनको मूल्यमा सम्भावित ३८ प्रतिशत गिरावटको भविष्यवाणी गरेका छन्।

mulpatra

पहेँदो धातुमो बढ्दो आपूर्ति, घट्दो माग र बजार संतृप्तिले मूल्य घटाउन सक्ने विश्लेषण हुन थालेको छ। यद्यपि, संसारका कयौँ प्रमुख वित्तीय संस्थाहरू भने आगामी वर्षहरुमा सुन महँगै रहनेमा आशावादी नै देखिन्छन् ।

थोरै विगतलाई कोट्याउने हो भने पछिल्लो समय सुनको मूल्य अभूतपूर्व स्तरमा बढेको छ । नेपाली बजारको कुरा गर्दा यही २१ चैतमा एक तोला सुनको भाउ १ लाख ८० हजार ३०० रुपैयाँ पुगेको थियो । ठीक एक वर्ष अघि त्यति नै सुनको भाउ १ लाख ३३ हजार र दुई वर्ष अघि १ लाख ९ हजार रुपैयाँ थियो । अझ तीन वर्ष अघिको मूल्यमा फर्किने हो भने त ९८ हजार ७०० रुपैयाँ थियो ।

mulpatra mulpatra mulpatra

अर्थात् युक्रेनमा युद्ध सुरु भएयताको तीन वर्षमा करीब दोब्बर भएको सुनको भाउ वास्तवमा सबैभन्दा धेरै महँगिएको चाहीँ पछिल्लो एक सालमा हो । वर्ष २०८१ सुनको मूल्यका लागि निकै महत्वपूर्ण रह्यो । यो साल विक्रमको यो सम्बत लागिसकेपछि सुनको भाउ करीब ३० प्रतिशतसम्म महँगिएको छ ।

संसारभर उस्तै
सुनको भाउ नेपालमा मात्रै महँगिन सम्भव छैन । यसको रफ्तार संसारभरको बजारमा उस्तै गरी परेको छ । विश्वर नै सुन महँगिएको छ । जसले लगानीकर्ताहरूलाई फाइदा पुर्याएको छ तर उपभोक्ताहरूलाई तनाव दिएको छ।

यद्यपि, अमेरिकामा आधारित एक बजार विश्लेषकले तीव्र गिरावटको भविष्यवाणी गरेका छन्। अमेरिकामा आधारित ‘मर्निङस्टार’का विश्लेषकले आगामी केही वर्षहरूमा सुनको मूल्य ३८ प्रतिशतसम्म गिरावटको पूर्वानुमान गरेका छन्।

Image Source: © https://mulpatra.com

प्रति १० ग्राम २४ क्यारेट (छाापावाल वा लम्बरी) सुनको मूल्य अहिले नेपाली बजारमा १ लाख ४९ हजार ६०० पर्छ । भारतीय बजारमा त्यति नै सुनको भाउ ८८ हजार २०० भारतीय रुपये (१ लाख ४१ हजार रुपैयाँ) र विश्व बजारमा ९७६.६ अमेरिकी डलर (१ लाख ३३ हजार ५०० रुपैयाँ) हारहारी छ।

यो भाउ केही दिनअघि भारतमा ९० हजार भारु र विश्व बजारमा ३१ सय डलर नाघेको थियो । तर अब लगभग ४० प्रतिशतको सम्भावित गिरावटको आँकलन गरिएको छ ।

अमेरिकास्थित मर्निङस्टारका रणनीतिकार जोन मिल्सले सुनको मूल्य ४३,०८० प्रति औंसबाट घटेर ४१,८२० प्रति औंस हुने अपेक्षा गरेका छन्, जुन ठूलो गिरावट हो। त्यसो हुँदौ भारतमा प्रति १० ग्राम लगभग ५५,००० रुपैयाँमा झार्न सक्ने बताइएको छ ।

यदी त्यसो भयो भने नेपाली बजारमा पनि १० ग्राम सुनको मूल्य ९५ हजार वा त्योभन्दा सस्तो हुनसक्ने देखिन्छ । अर्थात् तोेलामा अहिलेभन्दा करीब ७० हजार रुपैयाँ सस्तिएर प्रतितोला सुनको मूल्य १ लाख ५ हजार रुपैयाँ वा त्योभन्दा सस्तो मूल्यसम्म झर्नुपर्ने हुन्छ ।

यद्यपि, कतिपय अवस्थामा सुन धेरै सस्तिन थालेपछि अमेरिकी डलर महँगिने भएकाले पनि अन्तरराष्ट्रिय बजारकै रफ्तारमा भारत वा नेपालमा सुन नसस्तिने अवस्था बनेको छ । यसअघि कोभीडको बेलामा सुनको भाउ चुलिएपछि ७२ हजार हाराहारीमा फर्कनुपर्ने भए पनि डलरको महँगीका कारण ८० हजारको स्तरबाट तल नओर्लिँदै बढ्न थालेको थियो ।

यी हुन् मूल्य घट्ने संभावना

सुनजस्ता मौद्रिक वस्तुको भाउ अनवरत बढिरहन सम्भव हुँदैन । सुनको मूल्य निरन्तर उकालो लाग्ने भए पनि केही वर्षको अन्तराललमा यसको मूल्यमा उतारचढाव भने आइनै रहन्छ । अहिले पुनः एक पटक सुन सस्तिने मौसम सुरु हुन लागेको देखिएको छ ।

आर्थिक अनिश्चितता, मुद्रास्फीतिको चिन्ता र भूराजनीतिक तनावले सुनको हालैको वृद्धिलाई बढावा दिएको थियो। विशेष गरी पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा सुरु भएको व्यापार विवादका बीच लगानीकर्ताहरू सुरक्षित सम्पत्तिको रूपमा सुनतिर लागेका थिए।

तर अब परिस्थिति फेरिन थालेको छ । अब सतहमा थुप्रै त्यस्ता कारकहरू देखिन थालेका छन्, जसले मूल्य पहेँदो धातुको मूल्य घटाउन सक्छन्ः

आपूर्तिमा वृद्धिः पछिल्लो समय विश्वब्यापी रुपमै सुन उत्पादनमा वृद्धि भएको छ । सन् २०२४ को दोस्रो त्रैमासिकमा सुन खानीहरुले कमाएने नाफा प्रतिऔंस ९५० डलर पुगेको छ। विश्वव्यापी भण्डार ९ प्रतिशतले बढेर २,१६,२६५ टन पुगेको छ। मूलतः अष्ट्रेलियाले उत्पादन बढाएको छ र सुनको पुनः प्रयोग गरिएको आपूर्ति बढेको छ।

घट्दो मागः गत वर्ष संसारभरका केन्द्रिय बैंकहरुले १,०४५ टन सुन खरिद गरेका थिए । तर यो साल यसरी सुन थुपार्ने रफ्तार सुस्ताने अपेक्षा गरिएको छ । विश्व सुन परिषद (वल्ड गोल्ड काउन्सील)को सर्वेक्षणले संसारका ७१ प्रतिशत केन्द्रीय बैंकहरू आफ्नो सुनको मौज्दात (गोल्ड होल्डिङ) या त घटाउने, नभए पहिलेकै स्तरममा कायम राख्ने योजना बनाएको पत्ता लगाएको छ ।

बजार संतृप्तिः सन् २०२४ मा सुन क्षेत्रमा मर्जर र अधिग्रहण ३२ प्रतिशतले बढेको छ । जसले बजार एक पल्ट आफ्ना शिखरमा पुगिसकेको तर्फ संकेत गर्छ । यसका अतिरिक्त कयौँ बजारमा मूलय प्रबृत्तिहरुले पनि सुनको भाउ ओरालो लाग्नेतर्फ संकेत गरेका छन् ।

मूल्य वृद्धिको अपेक्षा पनि

सुनको मूल्य ब्यापक मात्रामा सस्तिने मिल्सको पूर्वानुमानका बावजुद, केही प्रमुख वित्तीय संस्थाहरू अझै पनि यसको मूल्य अकाशिनेमा आशावादी देखिन्छन्।

बैंक अफ अमेरिकाले आगामी दुई वर्षमा सुनको मूल्य प्रति औंस ४३,५०० डलर पुग्ने अनुमान गरेको छ, जबकि गोल्डम्यान स्याक्सले वर्षको अन्त्यमा प्रतिऔंस ४३,३०० डलरको मूल्य हुने अपेक्षा गरेको छ।

सुनले आफ्नो गति कायम राख्छ वा अनुमानित गिरावटको सामना गर्छ भन्ने कुरा आगामी महिनाहरूले निर्धारण गर्नेछ। यो कुरालाई संसारभर चल्ने युद्ध र प्रविधि एवम् अन्य आविष्कारहरुको होडले पनि फरक पार्न सक्छ ।

–एजेन्सीहरुको सहयोगबाट ।