ट्रम्पले १०४ प्रतिशत कर लगाएपछि चीनको प्रतिक्रियाः चिनियाँ जनतालाई धम्की मन पर्दैन

काठमाडौं– अमेरिकाले आफ्ना सामानमा १०४ प्रतिशत कर (भन्सार शुल्क) लगाएपछि चीनको सरकारी मिडियाले कडा प्रतिक्रिया दिएको छ । चीनको सरकारी च्यानल सीसीटीभीसँग जोडिएको सामाजिक सञ्जाल खाता ’यु युआन तान तियान’ले यस विषयमा पोस्ट गरेको हो ।
चिनियाँ माइक्रोब्लगिङ प्लेटफर्म वेइबोमा लेखिएको पोस्टमा भनिएको छ, ’हामी समस्या सिर्जना गर्दैनौँ, तर समस्याबाट डराउँदैनौँ। चिनियाँ जनतालाई दबाब र धम्की मन पर्दैन ।’
विज्ञप्तिमा चीनले अन्त्यसम्म लड्ने कुरा दोहो¥याइएको छ भने वार्ताको बाटो अझै खुला रहेको पनि उल्लेख गरिएको छ । लेखिएको छ, ‘चीन न त कमजोर हुनेछ न त झुक्नेछ। विश्वलाई देखाउनेछौँ– हामी अन्तर्राष्ट्रिय व्यापारका नियम दृढतापूर्वक रक्षा गर्नेछौँ।’