Close

Recent Posts

किर्ते जालसाजी, नक्कली प्रिन्ट र स्टिकरमा अदालतले दोषी ठहर, गैरेलाई बैरो एसोसिएसन अध्यक्षमा बस्ने नैतिकताले देला ?

किर्ते जालसाजी, नक्कली प्रिन्ट र स्टिकरमा अदालतले दोषी ठहर, गैरेलाई बैरो एसोसिएसन अध्यक्षमा बस्ने नैतिकताले देला ?

आइएमजि, रिलाइवल–तेन्दुली म्यानपावरले यूएई स्पार्क सेक्युरिटी कम्पनीबाट ७ हजार दिराममा डिमाण्ड किनेर ल्याई जुलाई ३–४ मा अन्तरवार्ता गराउँदै

आइएमजि, रिलाइवल–तेन्दुली म्यानपावरले यूएई स्पार्क सेक्युरिटी कम्पनीबाट ७ हजार दिराममा डिमाण्ड किनेर ल्याई जुलाई ३–४ मा अन्तरवार्ता गराउँदै

रेमिट्यान्स र विदेशी विनिमय सञ्चितिमा उल्लेख्य वृद्धि:राष्ट्र बैंक

रेमिट्यान्स र विदेशी विनिमय सञ्चितिमा उल्लेख्य वृद्धि:राष्ट्र बैंक
  • २६ चैत्र २०८१, बुधबार १८:४६

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा नेपालमा विप्रेषण (रेमिट्यान्स) र विदेशी विनिमय सञ्चिति दुवैमा उल्लेख्य वृद्धि भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

mulpatra

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार, पछिल्लो आठ महिनामा नेपालमा १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.४ प्रतिशतले वृद्धि भएको हो। गत वर्ष सोही अवधिमा रेमिट्यान्स १८.३ प्रतिशतले बढेको थियो।

अमेरिकी डलरमा हेर्दा चालु वर्षको आठ महिनामा ७ अर्ब ७४ करोड डलर बराबरको विप्रेषण आएको छ, जुन ६.९ प्रतिशतको वृद्धि हो। राष्ट्र बैंकका अनुसार, अघिल्लो वर्ष सोही अवधिमा डलरमा विप्रेषण १६.१ प्रतिशतले वृद्धि भएको थियो।

mulpatra mulpatra mulpatra

यसरी हेर्दा, चालु आवका ८ महिनामा अर्थात् २४० दिनमा दैनिक औसत ४ अर्ब ३८ करोड रुपैयाँ विप्रेषण नेपाल भित्रिएको देखिन्छ।

वैदेशिक रोजगारीमा पनि वृद्धि

यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख १७ हजार ६८ जना पुगेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख १७ हजार ४०३ रहेको छ।
गत वर्ष यिनै अवधिमा नयाँ श्रम स्वीकृति लिनेको संख्या २ लाख ८५ हजार ३५२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ८२ हजार ७८३ रहेको थियो।

Image Source: © https://mulpatra.com

विदेशी विनिमय सञ्चितिमा उल्लेख्य वृद्धि

चालु आवको फागुन मसान्तसम्म नेपालसँग कुल विदेशी विनिमय सञ्चिति २४ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ।
यो अघिल्लो आर्थिक वर्षको असार मसान्तमा रहेको २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँभन्दा १८ प्रतिशतले वृद्धि भएको हो।

अमेरिकी डलरमा हेर्दा, २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड डलर रहेको सञ्चिति फागुन मसान्तसम्म आइपुग्दा १३.१ प्रतिशतले बढेर १७ अर्ब २७ करोड डलर पुगेको छ।

राष्ट्र बैंक वित्तीय संस्थामा सञ्चिति

नेपाल राष्ट्र बैंकमा रहेको विदेशी विनिमय सञ्चिति २०८१ असारमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेको थियो भने २०८१ फागुनमा २१ खर्ब ३० अर्ब ३१ करोड (१५.२% वृद्धि) भएको छ । अन्य बैंक तथा वित्तीय संस्थामा सञ्चिति २०८१ असारमा १ खर्ब ९२ अर्ब ५५ करोड थियो भने २०८१ फागुनमा २ खर्ब ७८ अर्ब ९५ करोड (४४.९% वृद्धि) भएको छ । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको हिस्सा २१.७ प्रतिशत रहेको छ।

राष्ट्र बैंकका अनुसार, हालको विदेशी विनिमय सञ्चितिले १७.२ महिनासम्म वस्तु आयात र १४.३ महिनासम्म वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ।