वैशाखमा बैंकको ब्याजदर, ३ ले घटाउँदा एकले बढायो

काठमाडौं । वैशाख महिनाको लागि बाणिज्य बैंकहरुले ब्याजदर सार्वजनिक गरेका छन् । बैशाखका लागि प्राय बैंकले चैत्र महिनाकै ब्याजदरलाई कायम गरेका छन । तीन बाणिज्य बैंकले भने बैशाखका लागि केही परिवर्तन गरि सार्वजनिक गरेका छन् । सानिमा बैंक, कुमारी बैंक र नेपाल बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर क्रमशः ६.०५ प्रतिशत, ६.०१ प्रतिशत र ५.५ प्रतिशतबाट घटाएर ५.९५ प्रतिशत, ५.९२ प्रतिशत र ५.१५ प्रतिशत कायम गरेका छन् । यता, एभरेष्ट बैंकले भने ब्याजदर ६ प्रतिशतबाट बढाएर ६.६१ प्रतिशत पुर्याएको छ।
वैशाखमा मुद्दती निक्षेपको औसत ब्याजदर ५.९८ प्रतिशत कायम भएको छ। बैंकिङ प्रणालीमा अधिक तरलताका कारण ब्याजदर न्यून विन्दुमा झरेको हो।
