तीनकुनेमा घरमा आगो लगाउने एटीएफका सदस्य प्रसाईसँग सम्बन्धीत नभएपनि विवादमा मुछ्दै प्रहरी

तीनकुनेमा घरमा आगो लगाउने एटीएफका सदस्य प्रसाईसँग सम्बन्धीत नभएपनि विवादमा मुछ्दै प्रहरी
  • ३ बैशाख २०८२, बुधबार १५:२८

काठमाडौं– तीनकुनेमा चैत १५ मा राजावादी समूहले गरेको प्रदर्शनमा एक निजी घरमा आगजनी भएको थियो । उक्त घरमा आगजनी भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

भिडिओ सार्वजनिक भएसँगै प्रहरीले गरेको अनुसन्धानले आगो लगाउँदै गरेका युवाहरु प्रदर्शनका कमान्डर तथा नागरिक बचाउ महाअभियानका संयोजक दुुर्गा प्रसाईलाई प्रहरीले विवादमा तानेको छ ।

‘एटीएफ फोर्स’ प्रसाईसँग सम्बन्धीत नभएको प्रहरीले बताएका छन् । दुर्गा प्रसाईंको पिपुल्स डिफेन्स फोर्स (पीडीएफ) हो । यस संगठनले भने कतै तोडफोड गरेको नपाइएको प्रहरीले जनाएको छ ।

आगजनी गर्दै गरेको भिडिओमा देखिएका युवाहरु राजतन्त्रको लागि अभियान चलाउँदै आएको ‘एनी टाइम फोर्स’ (एटीएफ) मा आवद्ध भएका युवाहरु रहेको खुलेको छ । एटीएफका संयोजक भने धादिङका सन्तोष कुमार सिलवाल उर्फ राजावादी हुन् ।
आगजनीमा संलग्नमध्ये रामेछाप सुनापाति गाउँपालिका–१ का २२ वर्षका सरोज गौतम र अछामको पञ्चदेवलका २० वर्षीय गोकर्ण शाही पक्राउसमेत परिसकेका छन् ।

उनीहरु दुवैजना एटीएफका सदस्य भएपनि दुर्गा प्रसाईसँग सम्बन्धीत नभएको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिका बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीले जानकारी दिए । दुवैजना एटीएफका सदस्य रहेको पुष्टि भएको र आगो लगाउँदै गरेको भिडिओसमेत उनीहरुकै समूहका अर्का व्यक्तिले खिचेको भेटिएको एसएसपी अधिकारीले बताए ।

प्रहरीका अनुसार गौतम एटीएफका प्रवक्ता र शाही सदस्य रहेको खुलेको हो । प्रहरीको अनुुसन्धानका क्रममा एटप्एफका कमान्डर सन्तोष राजावादी भने अझै फरार छन् । प्रहरीले नियन्त्रणमा लिएर दुर्गासहित सबै प्रदर्शनकारीलाई फिर्ता पठाएपछि भने उनीहरुले निजी घरमा आगजनी गर्न थालेको प्रहरीको भनाइ छ ।

राजतन्त्र पुनःस्थापनाका संयोजक नवराज सुवेदीले भने प्रदर्शनमा घुसपैठ भएको भन्दै आगजनीबारे निष्पक्ष छानबिन माग भइरहेको छ ।