शरणार्थीका कारण आयरल्यान्ड र ब्रिटेनमा भड्कियो प्रवासीविरोधी हिंसा
काठमाडौं– आयरल्यान्डको बेलफास्टमा एक आयरिस व्यक्तिको टाउको काट्ने कोसिसको विरोधमा सुरु भएको प्रदर्शन आप्रवासीविरोधी दंगामा परिणत भएको छ ।

आयरल्यान्ड र ब्रिटेनमा एक दर्जनभन्दा बढी स्थानमा हिंसा, आगजनी र लुटपाटका घटना भएको विवरण बाहिर आएको छ । बेलफास्ट र त्यसआसपासका इलाकामा नकावधारी भिडले घर, पसल, बस र कारलाई निसाना बनाएका छन् ।
बेलफास्टको न्युटाउनाड्र्स रोडमा केही गाडीमा आगो लगाएका छन् भने शैंकिलमा दुई पसलमा लुटपाट भएको छ भने एक अफ्रिकी प्रवासीको पसलमा समेत आगो लगाइदिएका छन् । लन्डनको पार्लियामेन्ट स्क्वायर र स्कटल्यान्डको ग्लासगोमा पनि प्रवासी विरोधी प्रदर्शनका क्रममा व्यापक हिंसा भएको छ ।
![]() |
![]() |
![]() |
|---|
बेलफास्टमा चक्कु प्रहारको घटनापछि हिंसाको सुरुवात भएको हो । सुडानका एक शरणार्थीको आयरिस व्यक्तिसँग विवाद भएपछि ती व्यक्तिले टाउको काट्ने कोसिस गरेका थिए । आक्रमणमा ४० वर्षीय आयरिस व्यक्ति गम्भीर घाइते भएका छन् । यो घटनाको भिडियो भाइरल भएसँगै प्रदर्शन चर्किएको हो ।
प्रहरीका अनुसार चक्कु प्रहारको घटनाका आरोपित हादी अलोदिद सुडानबाट पेरिस हुँदै आयरल्यान्डको डब्लिन पुगेका थिए । सन् २०२३ मा बेलफास्ट पुगेका उनले शरण मागेपछि सन् २०२८ सम्म बस्ने अनुमति सरकारले दिएको थियो ।
दक्षिणपन्थी र प्रवासी विरोधीले सामाजिक सञ्जालमा चक्कु प्रहारको घटनालाई तीव्र रूपमा फैलाए । कट्टरपन्थी र प्रवासी विरोधी टोमी रबिन्सनले भिडियो शेयर गर्दै पूरै ब्रिटेनमा मानिसहरूलाई सडकमा उत्रिन अपिल गरेका थिए । त्यसपछि मास्क लगाएर हजारौँ मानिस सडकमा जम्मा भए ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



