को को भए रास्वपाको सात प्रदेशको इन्चार्ज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात प्रदेश इन्चार्ज तोकेको छ। बिहीबारको केन्द्रीय समितिको बैठकले प्रादेशिक कमिटीहरूलाई सशक्त बनाउन प्रदेश इन्चार्ज तोकिएको पार्टीले जनाएको छ।
प्रदेश इन्चार्जहरुमा कोशी प्रदेश-सन्तोष परियार, मधेश प्रदेश-मनीष झा, बागमती प्रदेश-लिमा अधिकारी, गण्डकी प्रदेश-शिशिर खनाल , लुम्बिनी प्रदेश-विपिनकुमार आचार्य, कर्णाली प्रदेश-गणेश पराजुली, सुदूरपश्चिम प्रदेश-हरि ढकाल तोकिएका छन् ।
सोही बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीले महाधिवेशन २०८२ फागुन ७, ८ र ९ गते चितवनमा गर्ने सर्वसम्मतले निर्णय गरेको छ।