तीनकुने घटनाः प्रसाईको व्यवसायमा असर पुग्नेगरी बैकिङ कसुरमा मुद्धा हाल्न ओलीको निर्देशन

काठमाडौं– तीनकुने घटनापछि नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाई गत साता पक्राउ परेका छन् । तीनकुने प्रदर्शनको मुख्य अभियुक्त प्रसाईलाई सरकारले घोषणा गरेको छ । हाल उनी प्रहरी हिरासतमा छन् ।
अहिले प्रसाईसँग प्रहरीले बयान लिइरहेको छ । तर प्रधानन्त्री केपी ओलीले तीनकुने घटनाको मुख्य दोषी प्रसाईलाई बनाउन अनुसन्धानमा खटिएका प्रहरी र गृहमन्त्री रमेश लेखकलाई निर्देशन दिएको प्रहरी स्रोतले जनाएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले नै प्रसाईको परिवारले सञ्चालन गरेको व्यवसायीमा आक्रमण गर्न निर्देशन दिएको बताएका छन् ।
हाल प्रसाई कुनैपनि व्यवसायमा संलग्न छैन । उनको व्यवसाय उनकै जेठानी दिदी, छोरा र बुहारीले चलाउँदै आएका छन् ।
तीनकुने घटनामा कतैबाट संलग्न नभएका उनीहरु तीनै जनामाथि बैकिङ कसुरमा मुद्धा हाल्न ओलीले प्रहरी र गृहमन्त्रीलाई दबाब दिइरहेको प्रहरीहरुनै बताउँछन् ।
एक जना उच्च प्रहरी अधिकारीका अनुसार ओलीकै निर्देशनमा प्रहरीले परिवारमाथि बैकिङ कसुरको मुद्धा तयार पारेर राखेको छ । परिवार र व्यवसायीलाई मुद्धा हालेर दुख दिने सरकारको नियत नभएको गृहमन्त्री रमेश लेखकले जानकारी दिए ।
उनका अनुसार दुर्गा प्रसाईको विषयमा उनको परिवार र व्यवसायीमा समस्या सिर्जना हुँदैन् । सरकारले यस्तो नगर्ने उनको भनाइ छ ।
यस्तै, राजनीतिक विषयलाई लिएर दुर्गा प्रसाईको परिवार र व्यवसायलाई जोडेर मुद्धा हाल्न नमिल्ने वकिल लोकेन्द्र ओली बताउँछन् । प्रसाईका परिवार तीनकुने घटनामा जोडिएका छैन भने उनीहरुलाई बैकिङ कसुरमा मुद्धा हाल्न नमिल्ने उनको दाबी छ ।
ओलीले गत साता झापा कार्यक्रममा गएका बेला प्रसाईलाई जसरी भएपनि जेल हाल्नुपर्ने र नत्र झापामा उनले एमाले मात्र होइन आफनो लागि चुनौती हुने भन्दै झापाकै शीर्ष नेताहरुसँग छलफल गरेका छन् ।
झापामा प्रसाईका कारण एमालेको लोकप्रिय घटेको र उनी आफुमाथि खनिदाँ आफनो लोकप्रियता घटेको ओलीको बुझाइ छ । प्रसाईकै कारण आगामी निर्वाचनमा झापामा एमाले हार्नसक्ने ओलीको भित्र अनुमान छ ।
तीनकुने घटनाका कमान्डर भनेर प्रसाईमा चार वटा मुद्धा चलाउने गरी सरकार लागि परेको छ । तर प्रमाण नपुग्ने भएपछि अहिले प्रहरीपनि मध्येमार्गी बाटो खोज्दैछन् ।