राजा शाहले प्रसाईको बारेमा चासो राखेपनि राप्रपाले उनीविरुद्ध अफवाह फैलायो
काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले राप्रपाका नेताहरूसँगको भेटमा ‘राजनीतिक कुराकानी’ गरेको खुलेको छ । वर्तमान व्यवस्था विरुद्ध राजावादीको गतिविधि बढिरहेका बेला पूर्वराजाले शुक्रबार बिहान करिब डेढ घण्टा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित ७ नेतासँग ‘लन्च वार्ता’ गरेका थिए ।

आन्दोलन एकताबद्ध हुन सकेको खण्डमा आन्दोलन बलियो हुनसक्ने र राजतन्त्र फर्काउने यात्रामा सहयोग पुग्ने पूर्वराजाको धारणा थियो । जनमत वर्तमान गणतन्त्रविरुद्ध रहेको बुझाइका साथ आफूले फागुन ७ मा देशको समृद्धि र उन्नतिका निमित्त साथ दिन सबै देशवासीहरूलाई आह्वान गरेको पूर्वराजाको भनाइ थियो ।
चैत १५ मा तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक बन्दा पूर्वराजा विवादमा तानिएका थिए भने पूर्वराजाकै चाहनामा दुर्गा प्रसाईंलाई सो दिनको आन्दोलनको कमान्डर बनाइएको विषय बाहिरिएको थियो ।
![]() |
![]() |
![]() |
|---|
राप्रपा नेतासँग भएको भेटवार्तामा राजा शाहले यस घटना र प्रसाईका बारेमा चासो राखेका थिए । तीनकुने घटनामा प्रसाईको भन्दा पनि अन्य कारणले घटना घटेको राजाले राप्रपाका नेतासँग सोधेको थिए । यस विषयमा पनि राप्रपाका नेता मुखामुख गरेका थिए ।
राजाले सबैभन्दा ठुलो राजावादी समूहको नेताका हिसावले आन्दोलन शान्तिपूर्ण बनाउन राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले किन भूमिका नखेलेको भन्दै प्रश्न समेत गरेको स्रोतको भनाइ थियो ।
जवाफमा लिङ्देनले आन्दोलन समिति पूर्वराजाले नै बनाएको सुनेको भन्दै आफूले सहयोग मात्रै गरेको बताएका थिए । जवाफमा पूर्वराजाले समितिभन्दा ठुलो अहिलेको समस्या हो । यसमा सबै लाग्नुपर्ने धारण राखेका थिए । अहिले कसैको बारेमा टिकाटिप्पणी नगरौं । सबै जना मिलेर जानुपर्ने पनि
Image Source: © https://mulpatra.com
कमान्डर बनेका प्रसाईंकै हर्कतले तीनकुनेमा हिंसा भड्किएको टिप्पणी राप्रपाको छ । तर उनको बारेमा साथै के कारण हो भनेर तीनकुनेमा हिंसा भड्किएको भन्ने जिज्ञासा समेत राखेका थिए । यसमा विषयमा राजासामु राप्रपाका नेताहरु वेजवाफ भएका थिए ।
तीनकुनेमा आफ्नो कुनै संलग्नता नरहेको भन्दै राप्रपा नेताले दुर्गा प्रसाईका बारेमा नकारात्मक प्रचार र अफवाह फैलाउँदै आएका छन् ।
राजासँग भेटेर फर्किएका राप्रपा नेताले अहिलेपनि प्रसाईका बारेमा नचाहिँदो बोल्दै आएका छन् । प्रसाईको सचिवालयले भने राप्रपाको घुसपेठका कारण तीनकुने घटना घटेको दाबी गर्दै आएको छ । तीनकुने घटनामा एमाले, कांग्रेस र राप्रपाले पहिला नै घुसपेठ गर्ने योजना बनाएका कारण त्यो अवस्था सिर्जना भएको हो ।
तीनकुने घटनाका मुख्य दोषी सरकार र प्रहरी भएको प्रसाईको सचिवालयले जनाएको छ । हाल प्रसाई प्रहरी हिरासतमा छन् ।
वर्तमान व्यवस्था विरुद्ध राजावादीको गतिविधि बढिरहेका बेला पूर्वराजाले शुक्रबार बिहान करिब डेढ घण्टा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित ७ नेतासँग ‘लन्च वार्ता’ गरेका थिए ।
राजा शाहले राप्रपाका नेतासँग भएको भेटवार्तामा पूर्वराजा ज्ञानेन्द्र शाहले राप्रपाका नेताहरूसँगको भेटमा ‘राजनीतिक कुराकानी’ गरेको खुलेको छ ।



