Close

Recent Posts

सिंहदरबारबाट पक्राउ परेका लिङ्देनसहितका नेताहरू भद्रकालीमा

सिंहदरबारबाट पक्राउ परेका लिङ्देनसहितका नेताहरू भद्रकालीमा
  • ७ बैशाख २०८२, आईतवार १५:०२

काठमाडौं– सिंहदरबाट पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काअध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर, काठमाडौं लगिएको छ ।

mulpatra

प्रहरीले लिङदेनसहितका राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाही, सांसद दीपक सिंहलगायतलाई प्रक्राउ गरेको छ । प्रहरीले पक्राउ गरेपछि प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले ‘भ्रष्टाचारी केपी ओली सरकार मुर्दावाद’ भन्दै नारा लगाएका थिए ।

राप्रपाले आज बानेश्वरको निषेधित क्षेत्र तोड्ने तयारी गरेको थियो । राप्रपाले तीनकुने घटनामा न्यायिक छानबिन आयोग बनाउनुपर्ने, पक्राउ परेका नेताहरूलाई छाड्नुपर्नेलगायत माग छ । उनीहरूलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको एसपी अपिल राज बोहराले जानकारी दिए । ‘उहाँहरू परिसरमै हुनुहुन्छ,’ बोहराले

mulpatra mulpatra mulpatra