Close

Recent Posts

प्रहरीलाई झुक्याएर निषेधित क्षेत्रभित्र आन्दोलन गर्न योजनामा थियो राप्रपा

प्रहरीलाई झुक्याएर निषेधित क्षेत्रभित्र आन्दोलन गर्न योजनामा थियो राप्रपा
  • ७ बैशाख २०८२, आईतवार १६:२९

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रहरीलाई झुक्याएर निषेधित क्षेत्र भनिएको सिंहदरबारभित्र प्रदर्शन गरेका छन् ।

mulpatra

तीनकुने घटनाका न्यायिक छानबिन गर्न भन्‍दै राप्राका कार्यकर्ताहरू माइतीघर–नयाँ बानेश्वर सडकमा प्रदर्शन गरिरहँदा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका सांसदहरू सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्‍न भनेर पुगेका थिए ।

त्यसलगत्तै सडकमा आन्दोलनमा सहभागिताका लागि निक्लिन खोज्दा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेन, ज्ञानेन्द्र शाही, दिपक सिंहलगायतका नेता तथा सांसदहरूलाई सिंहदरबारभित्रै प्रहरीले रोक्‍ने प्रयास गरे । प्रहरीले रोक्‍ने प्रयास गरेपछि उनीहरूले निषेधित क्षेत्र मानिएको सिंहदरबारभित्रै प्रदर्शन गरे ।

mulpatra mulpatra mulpatra

प्रदर्शनका क्रममा प्रहरीले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, प्रमुख सचेतक ज्ञानेन्द्र शाही लगायतका नेताहरूलाई सिंहदरबारबाटै नियन्त्रणमा लिएको छ । उनीहरूलाई नियन्त्रणमा लिएर काठमाडौं प्रहरी परिसरमा राखिएको छ ।

आफ्ना नेताहरू पक्राउ परेपछि राप्रपाका नेता तथा कार्यकर्ताहरूले माइतीघरमा नारीबाजी गर्दै प्रदर्शन गरिहरिरहेका छन् । उनीहरूले पक्राउ परेका नेताहरूलाई तत्काल रिहाइ गर्न माग गर्दै प्रदर्शन जारी राखेका छन् ।