सिंहदरबार भित्र प्रदर्शन गर्ने राजेन्द्र लिङ्देनसहितका नेता छुटे
काठमाडौं । निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहित ७ जना लाई प्रहरीले छोडेको छ।

आइतबार निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेका अध्यक्ष लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ, प्रवक्ता ज्ञानेन्द्र शाही र राष्ट्रिय युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाललाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उनीहरूलाई प्रहरीले सिंहदरबारभित्रैबाट नियन्त्रणमा लिएको थियो। सिंहदरबार भित्रै उनीहरुले पम्प्लेट बोकेर नाराबाजी गरेका थिए ।
