तीनकुने घटनापछि ओलीको निर्देशनमा प्रसाईको परिवार र व्यवसायको बैंक खाता रोक्कासम्म दुःख दिर्दै प्रहरी
काठमाडौं– दुर्गा प्रसाईंको नेतृत्वको नागारिक बचाउ महाअभियानले गत चैत १५ गते काठमाडौँको तीनकुनेमा प्रदर्शन गरेको थियो । यसका प्रदर्शनमा घुसपेठ भएपछि आन्दोलन हिंसात्मक हुँदा दुई जनाको ज्यान गयो ।

त्यसको दुई सातापछि पक्राउ परेका प्रसाई हाल प्रहरी हिरासतमा राखेर सरकारले अनुसन्धान गरिरहेको छ ।
तर पछिल्लो समय तीनकुने घटनासँग जोडेर त्यहाँ संलग्न नभएका प्रसाईका परिवार र उनको व्यवसायमाथि प्रहरीले प्रधानमन्त्री केपी ओलीको निर्देशनमा दबाब र दुख दिइरहेको छ ।
यति सम्मकी प्रसाईका परिवारले सञ्चालन गरेको बी एन्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर र पूर्वाञ्चल क्यान्सर हस्पिटलका रोक्का गर्नेसम्म प्रहरीले दुख दिएको पाइन्छ ।
![]() |
![]() |
![]() |
|---|
आफनो सुरक्षाका लागि केही दिन तर्किएका प्रसाईं र उनले सञ्चालन गरेका अस्पतालको पनि बैंक खाता सीआईबीले जबरजस्ती रोक्का गरेको थियो ।
सीआईबीले खाता रोक्का गरेपछि त्यसविरुद्ध अस्पतालकै कर्मचारी सर्वोच्च पुगेका थिए । सोमबार सर्वोच्चले बिरामीको उपचार प्रभावित हुने गरी खाता रोक्का राख्न नहुने भन्दै फुकुवा गर्न आदेश दिएको हो ।
बी एन्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर र पूर्वाञ्चल क्यान्सर हस्पिटलका रोक्का राखिएका खाता सर्वोच्च अदालतले फुकुवा गरिदिएको छ । सोमबार न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले अस्पतालकी अप्रेसन डाइरेक्टर डा अन्जली कार्कीले दायर गरेका २ वटा रिटमा अन्तरिम आदेश जारी गरेको छ ।
डा कार्कीले बी एन्ड सी र पूर्वाञ्चल क्यान्सर हस्पिटलका तर्फबाट छुट्टाछुट्टै निवेदन दिएकी थिइन् । दुवै निवेदनमा उनीहरूको मागअनुसार नै सर्वोच्चले सरकारलाई खाता रोक्का राख्नुको कारण खोली लिखित जवाफ पेस गर्न देश जारी गरेको हो ।
Image Source: © https://mulpatra.com
तीनकुने घटनाको अनुसन्धानका क्रममा हाल जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा रहेका प्रसाईको शंकास्पद कारोबारबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बेग्लै अनुसन्धान पनि गरिरहेको छ । उनको बारेमा नचाहिँदो विषयमा प्रहरीले व्यवसाय र परिवारलाई आक्रमण गरिरहेको बी एन्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर कार्यरत कर्मचारीको गुनासो छ ।
जसका कारण परिवार र व्यवसायीमा सरकारले नचाहिँदो दुख दिएको उनको अस्पतालमा कार्यरत कर्मचारीहरु बताउँछन् ।
शंकास्पद आर्थिक कारोबारका विषयमा अनुसन्धान अगाडि बढाएको सीआईबीका निमित्त प्रमुख चन्द्रकुवेर खापुङले बताएका छन् । यसका के प्रमाण र कसको उजुरी छ भन्दा उनले सरकारले अनुसन्धान गर्न भन्दै तर्किए ।
प्रसाईंको खातामा अस्वाभाविक शंकास्पद आर्थिक कारोबार देखिएपछि राष्ट्र बैंकले अनुसन्धानका लागि सीआईबीलाई पत्राचार गरेको थियो । त्यही पत्रका आधारमा सीआईबीले अनुसन्धान गरिरहेको सीआईबीका निमित्त प्रमुख चन्द्रकुवेर खापुङले जानकारी दिए ।
प्रसाईंलाई पक्राउ गरेरै अनुसन्धान गर्न सीआईबीले जिल्ला अदालतबाट पनि अनुमति लिइसकेको उनको भनाइ छ । तर यसको केही प्रमाण नभएपनि प्रहरीले उनलाई दुःख दिने नियत देखिएको प्रसाईको वकिलहरुको भनाइ छ ।



