Close

Recent Posts

तीनकुने घटनाः प्रहरीले सुरुमै मञ्चमा अश्रुग्यास हानेको प्रहरीकै रिपोर्ट, निपष्क्ष छानविन नगरी प्रसाईलाई दोष

तीनकुने घटनाः प्रहरीले सुरुमै मञ्चमा अश्रुग्यास हानेको प्रहरीकै रिपोर्ट, निपष्क्ष छानविन नगरी प्रसाईलाई दोष
  • १० बैशाख २०८२, बुधबार १७:०३

काठमाडौँ–दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनस्र्थापनाका लागी संयुक्त जनआन्दोलन समिति’ले चैत १५ मा प्रदर्शन आयोजना थिए । प्रदर्शनमा प्रहरीले मञ्चमा अश्रुग्यास हानेर बल प्रयोग गर्न खोज्दा प्रदर्शन हिंसात्मक भएपछि दुई जनाले ज्यान गुमाए ।

mulpatra

समन्वय अभाव हुँदा सुरक्षाकर्मीले मञ्चमा अश्रुग्याँस प्रहार गरे । अश्रुग्याँस प्रहार गरेर राजतन्त्र पक्षधरहरुको कार्यक्रम प्रहरीले नै बिथोलिदिएपछि प्रदर्शनकारीहरू तोडफोडमा उत्रिएको प्रहरीकै आन्तरिक रिपोर्टमा भनिएको छ ।

प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको प्रहरीकै आन्तरिक अनुसन्धानले भनिएको छ । अधिकांश सरोकारवालाहरू तीनकुनेमा सुरक्षा ‘कमजोरी’ भएको बताउँछन् । तर प्रहरीले आफनो कमजोरी लुकाउन प्रदर्शनका कमान्डर दुर्गा प्रसाईमाथि आरोप सरकारले लगाएको छ ।

mulpatra mulpatra mulpatra

जिल्ला प्रशासन कार्यालसँग अनुमति लिएर प्रसाईं नेतृत्वको समूहले तीनकुने चौरमा मञ्च बनाएको थियो । सभाको प्रमुख अतिथिका रूपमा पुगेका सुवेदी पुगेको केही मिनेटमै सुरक्षाकर्मीले मञ्चमा अश्रुग्यास प्रहार गरेका थिए । त्यसपछि राजावादीहरु उग्र भएको प्रहरी नै बताइरहेको छ ।

प्रहरीकै आन्तरिक रिपोर्टमा मञ्चमा अश्रुग्यास हानेको प्रहरीले सुरुमा हानेको भनिएको छ । प्रहरीले गृहमन्त्री रमेश लेखक र प्रहरी प्रमुखभन्दा पनि प्रधानमन्त्री केपी ओलीको निर्देशनमा राष्ट्रगान बज्दा बज्दै मञ्चमा अश्रुग्यास हानेको प्रहरीले गृहमन्त्री लेखकलाई रिपोटिङ गरेका थिए ।

तीनकुनेमा भएको आन्तरिक कमजोरीबारे वरिष्ठ उपरीक्षक शेखर खनाल नेतृत्वको टिमले छानबिन सुरु गरेको छ । उनले निष्पक्ष छानबिन गरे प्रसाई दोषी नहुने प्रहरीका उच्च अधिकारीहरु बताउँछन् ।

Image Source: © https://mulpatra.com

काठमाडौँको तीनकुनेमा पर्वराजा ज्ञानेन्द्र शाहका समर्थहरूले गरेको प्रदर्शनमा भएको ‘कमजोरी’ बारे प्रहरीले आन्तरिक छानबिन सुरु गरेको छ । छानबिन गर्न प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनाललाई संयोजक तोकिएको छ । समितिमा खनालसहित ७ जना सदस्य छन् ।

तीनकुनेको सुरक्षा जिम्मेवारी एसपी अपिल बोहरा र प्रदर्शनी मार्गको जिम्मेवारी एसपी कुलदिप चन्दले पाएका थिए । तर, प्रदर्शनकारीले त्रिभुवन विमानस्थलको कम्पाउन्ड भित्र पसेर आगजनी सुरु गरेपछि आइजिपी दीपक थापाले कुलदिप चन्दलाई त्यसतर्फ पठाएका थिए । सिनामंगलस्थित हवाई इन्धनको डिपो र नागरिक उड्डयन प्राधिकरणमा आगजनी हुनबाट रोक्नका लागि उनलाई त्यसतर्फ पठाइएको प्रहरी प्रधान कार्यालयका अधिकृतहरू बताउँछन् ।

तीनकुने खटिएका प्रहरीले नै सुरुमा राष्ट्रगान बज्दै गरेको मञ्चमा अश्रुग्यास हानेको सूचना गृहमन्त्रालयमा प्रहरीले नै दिएका थिए । तर प्रधानमन्त्रीको निर्देशनमा अश्रुग्यास हानेको थाहा पाएपछि गृहमन्त्रीले सूचना गुपचुप राखेका थिए ।

तीनकुनेमा खटिएका एसपी अपिल बोहरा र अपरेसन कमान्डर सुन्दर तिवारीबिच ‘समन्वय अभाव’ भएको आन्तरिक छानबिन निष्कर्ष छ । डीएसपी तिवारी काठमाडौँ जिल्लाको दैनिक अपरेसन सञ्चालन गर्ने कमान्डर हुन् । काठमाडौँमा शान्ति सुरक्षा कायम गर्न जिल्लामा कार्यरत युनिट इन्चार्जहरूलाई परिचालन गर्ने जिम्मेवारी उनको हुन्छ । उनीहरुले तीनकुने प्रदर्शनमा सुरुमै प्रहरीले अश्रुग्यास हानेको थाहा पाएका थिए । अहिले प्रहरीभित्र यसविषयमा छलफल भइरहेको छ । एसपी अपिल बोहराचाहिँ जिल्ला प्रहरी परिसर काठमाडौँका ‘सेकेन्ड म्यान’ हुन् ।

काठमाडौँ प्रहरी प्रमुख विश्व अधिकारी हुन् । पूर्वराजा समर्थकहरूको प्रदर्शनस्थलमा सुरक्षा कायम गर्ने जिम्मा पाएका बोहरा र अपरेसन कमान्डर तिवारीको बिचमा ‘समन्वय’ नदेखिएको छानबिनका एक सदस्यले जनाएका छन् । तर तीनकुने घटनामा यस्तो घटना घट्नुमा प्रसाईको केही दोष छैन । त्यहाँ प्रहरी र सरकारकै कमजोरी देखियो ।

बागमती पुलमा ३ तहमा सुरक्षाकर्मीहरूले लगाएको ह्युमन सिल प्रसाईंले तोडेकोबारे आलोचना भइरहेको छ । यसमा पनि प्रहरीकै कमजोरी र प्रहरीले उनलाई आवेगमा ल्याएको छानबिन समितिको अध्ययनमा भनिएको छ । त्यसबारे प्रहरीले आन्तरिक छानबिन गरिरहेको जनाएको छ ।

मञ्चमा अश्रुग्यास कसरी प्रहार भयो भन्नेबारे पनि समितिले छानबिन गरिरहेको छ । छानबिन प्रतिवेदनका आधारमा कमजोरी गर्ने सुरक्षाकर्मीमाथि कारबाही गरिने गृहमन्त्रालका एक उच्च अधिकारीले जानकारी दिए ।