अमेरिकी आक्रमणपछि इरानको जोर्डन र कुवेतमा क्षेप्यास्त्र वर्षा, होर्मुज स्ट्रेट बन्द
काठमाडौं– फारसको खाडी वरपर जारी युद्धको १०४ औं दिनमा अमेरिका र इरानबीचको सैन्य टकराव खतरनाक मोडमा पुगेको छ।

अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (सेन्टकम) ले इरानभित्रका विभिन्न ठेगानामा ‘आत्मरक्षा’ का लागि भन्दै ठूला हमलाहरू गरेपछि इरानले पनि व्यापक रूपमा जवाफी कारबाही सुरु गरेको छ। इरानको स्लामिक रिभोल्युसनरी गाड्र्स कप्र्स (आईआरजीसी) ले खाडी क्षेत्रमा रहेका अमेरिकी सेनालाई निसाना बनाउँदै कुवेत, बहराइन र जोर्डनमा रहेका अमेरिकी सैन्य अखडामा पानीजहाज र स्थल मार्गबाट घातक प्रहार गरिएको बताएको छ।
इरानी सञ्चारमाध्यमका अनुसार अमेरिकी रक्षा सचिव पिट हेगसेथले फ्लोरिडास्थित सेन्टकम मुख्यालय बाहिर पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा इरानका मुख्य सैन्य संरचनाहरूमा कडा प्रहार गरिएको पुष्टि गरेका छन्।
![]() |
![]() |
![]() |
|---|
उनले स्थायी युद्धविरामको प्रयास स्वरूप यो आक्रमण गरिएको दाबी गर्दै आवश्यक परे लगातार दोस्रो रात पनि आक्रमण जारी रहने चेतावनी दिएको अल–जजिराले लेखेको छ।
यसअघि ट्रम्पले इरानलाई सम्झौताका लागि धेरै समय लगाएको आरोप लगाउँदै त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिएका थिए। ट्रम्पको चेतावनी लगत्तै अमेरिकाले इरानको बन्दर अब्बास बन्दरगाह सहर, केसिम टापु, सिरीक, मिनाब र राजधानी तेहरानको पश्चिमतर्फ पर्ने काराज लगायतका क्षेत्रमा बमबारी गरेको थियो।
अमेरिकी हमलामा इरानको हर्मोजगान प्रान्तमा रहेको सिरीक काउन्टीमा नागरिकको खानेपानी पूर्वाधारमा क्षति पुगेको छ, जहाँ दुईवटा कंक्रिटका पानी ट्याङ्की ध्वस्त भएका छन्। अन्तर्राष्ट्रिय मानवीय कानुनले नागरिक खानेपानी पूर्वाधारलाई संरक्षित क्षेत्र माने पनि अमेरिकाले सटिक प्रहार गर्ने हतियार प्रयोग गरी ट्याङ्कीहरू फुटाएको विवरण सार्वजनिक भएको छ।
Image Source: © https://mulpatra.com
तर आक्रमणको १२ घण्टाभित्रै उक्त क्षेत्रमा पानी आपूर्ति सुचारु गरिएको इरानी अधिकारीहरूले बताएका छन्। तेहरानबाट प्राप्त रिपोर्टहरू अनुसार धेरैजसो इरानी नागरिकहरू वार्ताको चर्चाका बीच पनि अमेरिकी आकस्मिक हमलाको त्रासमा बाँचिरहेका थिए।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



