Close

Recent Posts

शिक्षामन्त्रीको राजीनामाबारे सरकारलाई जानकारी नभएको सञ्चार मन्त्रीको भनाइ

शिक्षामन्त्रीको राजीनामाबारे सरकारलाई जानकारी नभएको सञ्चार मन्त्रीको भनाइ
  • १० बैशाख २०८२, बुधबार १७:०६

काठमाडौं– सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाबारे सरकारलाई थाहा नभएको बताएका छन्।

mulpatra

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै उनले राजीनामाबारे सरकारलाई जानकारी नभएको बताएका हुन् ।

‘शिक्षामन्त्रीले राजीनामा दिएको भन्ने सरकारको जानकारीमा छैन।’ उनले भने, ‘प्रधानमन्त्रीको कार्यालयमा राजीनामा दिएको भए सरकारको प्रवक्तालाई थाहा हुन्छ। क्याबिनेटको मिटिङमा जानकारी हुन्छ । राजीनामा स्वीकृत गर्ने त प्रधानमन्त्रीले नै हो । आजको दिनसम्म उहाँले राजीनामा दिएको जानकारी छैन ।’

mulpatra mulpatra mulpatra

मन्त्री भट्टराई विगत एक महिनादेखि बिरामी रहेको भन्दै उनले त्यही भएर मन्त्रालयमा गएर काम गर्ने परिस्थिति नभएको हुनसक्ने अनुमान गरे।