देशको संकट वेवास्ता गदै प्रधानमन्त्री प्रसाईलाई फसाउन सबै प्रहरी शक्ति प्रयोग
काठमाडौं– चैत १५ गते काठमाडौँ तीनकुनेको प्रदर्शनका कमान्डर दुर्गा प्रसाई १३ दिनदेखि हिरासतमा छन् । चैत २८ गते भारतको आसामबाट पक्राउ दिएका प्रसाई भोलिपल्ट नेपाल आएपछि जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ ।

नागरिक बचाउ महाभियानका संयोजक समेत रहेका प्रसाईलाई तीनकुने घटनामा सरकारले राज्यविरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ । यस अनुसन्धानमा कानुनी विज्ञ तथा मानवअधिकारकर्मीहरूले प्रसाईलाई थुनामा राख्ने कानुनी आधार कमजोर भएको भन्दै तत्काल रिहाइ गर्न प्रहरीलाई निर्देशन दिएको छ ।
राज्यविरुद्धको कसुर अत्यन्तै संवेदनशील र प्रमाणमा आधारित हुनुपर्ने मुद्दा हो । यहाँ प्रसाईको सार्वजनिक अभिव्यक्तिले मात्र कसुर पुष्टि गर्न नसकिने काठमाडौं जिल्ला अदालतले प्रहरीसँग उल्छो स्पष्टीकरण मागेको छ । त्यसैले उनलाई लामो समय थुनामा राख्ने आधार कमजोरपनि भएको हो ।
![]() |
![]() |
![]() |
|---|
काठमाडौं जिल्ला अदालतले उनलाई थप ३ दिन मात्रै थुनामा राख्न अनुमति दिएको छ । यसअघि प्रहरीले २० दिनको म्याद माग गर्दा अदालतले अनुसन्धान अधुरो रहेको स्पष्ट रूपमा पुष्टि नभएको भन्दै न्यूनतम अवधि मात्र दिएको हो । अदालतले अनुसन्धानमा बाँकी रहेको प्रमाण र कारणबारे स्पष्ट विवरण नदिइएको भन्दै प्रहरीको मागलाई आंशिक रूपमा मात्र स्वीकृत गरेको हो ।
कानुनी आधार कमजोर रहेको अवस्थामा प्रसाई थुनिराख्नु व्यक्तिगत रिसइवी साधेर राज्य शक्तिको दुरुपयोग गरिरहेको कानुनी परामर्शहरुमै देखिन्छ । प्रधानमन्त्री केपी ओलीका कट्टर विरोधीका रुपमा चिनिएका प्रसाईलाई उनै प्रधानमन्त्रीले फसाउन खोजे र सबै प्रहरी बल प्रयोग गरेका छन् ।
अहिले देशमा १२ वटाभन्दा बढी आन्दोलन चलिरहेका छन् । सबैभन्दा ठुलो शिक्षकको आन्दोलन चलिरहेको छ । यी सबै आन्दोलनलाई वेवास्ता गदै ओली सबै प्रहरी बल अनुसन्धानका नाममा प्रसाईमाथि लगाएका छन् ।
पछिल्लो समय तीनकुने घटनासँग जोडेर त्यहाँ संलग्न नभएका प्रसाईका परिवार र उनको व्यवसायमाथि प्रहरीले प्रधानमन्त्री केपी ओलीको निर्देशनमा दबाब र दुख दिइरहेको छ ।
Image Source: © https://mulpatra.com
यति सम्मकी प्रसाईका परिवारले सञ्चालन गरेको बी एन्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर र पूर्वाञ्चल क्यान्सर हस्पिटलका रोक्का गर्नेसम्म प्रहरीले दुख दिएको पाइन्छ । आफनो सुरक्षाका लागि केही दिन तर्किएका प्रसाई र उनले सञ्चालन गरेका अस्पतालको पनि बैंक खाता सीआईबीले जबरजस्ती रोक्का गरेको थियो ।
सीआईबीले खाता रोक्का गरेपछि त्यसविरुद्ध अस्पतालकै कर्मचारी सर्वोच्च पुगेका थिए । सोमबार सर्वोच्चले बिरामीको उपचार प्रभावित हुने गरी खाता रोक्का राख्न नहुने भन्दै फुकुवा गर्न आदेश दिएको हो ।
सोमबार न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले अस्पतालकी अप्रेसन डाइरेक्टर डा अन्जली कार्कीले दायर गरेका २ वटा रिटमा अन्तरिम आदेश जारी गरेको छ । यति मात्र होइन प्रधानमन्त्री ओलीकै ठाडो निर्देशनमा शंकास्पद आर्थिक कारोबारका विषयमा अनुसन्धान अगाडि बढाएको सीआईबीले जनाएको छ ।
प्रसाईंको खातामा अस्वाभाविक शंकास्पद आर्थिक कारोबार देखिएपछि राष्ट्र बैंकले अनुसन्धानका लागि सीआईबीलाई पत्राचार गरेको थियो । त्यही पत्रका आधारमा सीआईबीले अनुसन्धान गरिरहेको सीआईबीका निमित्त प्रमुख चन्द्रकुवेर खापुङले जानकारी दिए । यसका के प्रमाण र कसको उजुरी गरेको भन्दा उनी सरकारले अनुसन्धान गर्न भन्दै तर्किए ।
तर प्रहरीले उनलाई यस मुद्धामा ओलीकै निर्देशनमा पक्रिन तयारी अवस्थामा बसेको छ । यति मात्र होइन ओली प्रसाईको व्यवसायी र उनको परिवारमाथि पनि हमला गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।
प्रसाईंलाई पक्राउ गरेरै अनुसन्धान गर्न सीआईबीले जिल्ला अदालतबाट पनि अनुमति लिइसकेको उनको उनले जानकारी दिए । तर कतिपय प्रहरीको उच्च अधिकारीहरुले भने प्रसाईलाई प्रधानमन्त्री केपी ओली केही प्रमाण नभएपनि प्रसाईलाई दुःख दिने नियत यस्तो गरेको आरोप लगाएका छन् ।
तीनकुने खटिएका प्रहरीले नै सुरुमा राष्ट्रगान बज्दै गरेको मञ्चमा अश्रुग्यास हानेको सूचना गृहमन्त्रालयमा प्रहरीले नै दिएका थिए । तर प्रधानमन्त्रीको निर्देशनमा अश्रुग्यास हानेको थाहा पाएपछि गृहमन्त्रीले सूचना गुपचुप राखेका थिए ।
तीनकुनेमा खटिएका एसपी अपिल बोहरा र अपरेसन कमान्डर सुन्दर तिवारीबिच ‘समन्वय अभाव’ भएको आन्तरिक छानबिन निष्कर्ष छ ।



