Close

Recent Posts

देउवा दम्पती स्वदेश फर्किएपछि सरकार फेरबदल होला ?

देउवा दम्पती स्वदेश फर्किएपछि सरकार फेरबदल होला ?
  • १२ बैशाख २०८२, शुक्रबार ११:२४

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नीसमेत रहेकी परराष्ट्रमन्त्री आरजु राणा आज स्वदेश फर्किँदैछन्। यही वैशाख ७ गते देउवा दम्पती परिवारका अन्य सदस्यसहित थाइल्याण्ड गएका थिए। देउवा दम्पती शुक्रबार दिउँसो १२ बजे स्वेदेश फर्किने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसिच कृष्णप्रसदा पौडेलले जानकारी दिए।

mulpatra

उपचारको लागि भन्दै देउवा थाइल्यान्ड गएका हुन् भने परराष्ट्रमन्त्री राणा संयुक्त राष्ट्रसंघको एशिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक एवम् सामाजिक आयोग (एस्क्याप) को ८१ औँ सम्मेलनमा सहभागी थाइल्यान्ड गएकी हुन्।

संसद्को प्रमुख प्रतिपक्षी शक्ति माओवादी केन्द्रसहित सत्तारुढ कांग्रेसकै केही नेताले वर्तमान सरकार फेरबदलको चर्चा तीव्र बनाइरहेका बेला देउवा दम्पती स्वदेश फर्किन लागेका हुन्। कतिपयले देउवा वर्तमान राजनीतिक कोर्स फेरवदलको गृहकार्यकै लागि थाइल्यान्ड गएकोसमेत अड्कल काटिरहेका छन्। तर, प्रधानमन्त्री केपी शर्मा ओलीले भने देउवा उपचारकै लागि विदेश गएको अभिव्यक्ति दिँदै आएका छन्।

mulpatra mulpatra mulpatra

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवा थाइल्यान्डबाट फर्किएपछि सरकार फेरबदलको गृहकार्य सुरु हुने बताइरहेका छन्। उनले माओवादी देउवा नेतृत्वको सरकारलाई समर्थन तयार रहेको अभिव्यक्ति पनि दिँदै आएका छन्।